back
NMB ad

जिल्लाका प्रत्येक घरलाई जलविद्युत आयोजनामा एक–एक लाखको सेयर दिने निर्णय

Kumari bank ad

कर्णाली । ऊर्जा मन्त्रालयले कर्णालीका ५ वटै जिल्लाका प्रत्येक घर परिवारलाई जलविद्युत आयोजना-१ मा कम्तिमा एक-एक लाखको सेयर दिलाउने निर्णय गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यसका लागि ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णय गरेका छन् ।

ऊर्जा मन्त्रालयले एससी पावर कम्पनीसँग सर्वेक्षण अनुमतिपत्र रहेको उक्त आयोजनामा कर्णालीका सवै घरपरिवारको ईक्विटी सेयर रहने गरी प्रवर्द्धकसँग प्रतिवद्धता माग गर्न पत्राचार गरिएको शर्माले जानकारी दिए ।

मन्त्री शर्माले गरेको निर्णयमा भनिएको छ, ‘तिला-१ मा सरकारले दश प्रतिशत सेयर लगानी गर्ने गरी सम्बन्धित डेभलपसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने साथै कर्णालीका पाँचै जिल्लाहरूका प्रत्येक घरपरिवारबाट कम्तीमा एक/एक लाख ईक्विटी बराबरको सेयर लगानी गर्नेगरी डेभलपर सककग प्रतिवद्धता माग गरिनेछ ।’

डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालीकोटका सबै परिवारलाई एक-एक लाख रुपैयाँको सेयर दिने निर्णय भएको हो । तिला आयोजना बनाउन झण्डै ६४ करोड अमेरिकी डलर खर्च हुने अनुमान छ । यो आयोजना निर्माण सुरु भएको ५ वर्षमा बनिसक्ने अनुमान छ ।

अब तिला आयोजनामा सरकारको पनि १० प्रशित सेयर स्वामित्व रहनेछ । सँगै कर्णालीका प्रत्येक घरपरिवारले पनि १-१ लाखको सेयर पाउनेछन् ।

मन्त्रालयले आयोजना निर्माणको अवधिभर किस्तावन्दीमा रकम जम्मा गर्ने व्यवस्था गरी सहज गराइने उर्जामन्त्रीले जानकारी दिए ।

कर्णालीका अति गरिब घर परिवारलाई सहुलियतपूर्ण ऋण उपलव्ध गराई सेयरमा राखिने भएको छ । प्रवर्द्धकले लिखित प्रतिवद्धता जनाउना साथ पीपीए गरी तिला छिट्टै निर्माणको चरणमा प्रवेश गर्नेछ ।

प्रदेश नं. ६ मा नलसिंहगाड, तिला, भेरी कोरीडोर, कर्णाली कोरीडोरमा थुप्रै अन्य जलविधुत आयोजनाहरू पनि विभिन्न चरणमा रहेका छन् । ऊर्जामन्त्री शर्माले कर्णालीमा जलविद्युतको प्रर्याप्त सम्भावना रहेको र त्यो सम्भावनालाई अवसरको यथार्थमा बदल्न आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

जलविद्युतमार्फत कर्णालीमा पर्यटन, कृषि, जडिबुटी लगायतका सम्भाव्य उद्योग र कलकारखानाको विकास गर्न सकिने मन्त्रालयको विश्वास छ ।

सुन खानीमा नुन खोज्ने कर्णालीको कथालाई अन्त्य गर्न त्यहाँ रहेको सुनभन्दा महंगो सेतो हिरा ‘पानी’लाई जलविद्युतमार्फत उपयोग गर्नु जरुरी रहेको भन्दै यस्तो निर्णय गरिएको मन्त्री शर्माले बताए ।

मन्त्री शर्माले कर्णालीको आर्थिक, सामाजिक, भौतिक र मानव विकासलाई तीव्र वनाउने सवालमा आफ्नो प्रयास निरन्तर जारी रहने प्रतिवद्धता समेत जनाएका छन् । कर्णालीको जलविद्युत, पर्यटन, जडिबुटीमार्फत देशको मुहार फेर्न समेत सकिने मन्त्रालयको विश्वास छ ।

‘कर्णालीको विकास र रूपान्तरण हाम्रै पालामा गर्न सम्भव छ, त्यसका लागि लगानी र विकासका ढोकाहरु खोल्दै जानुपर्छ’ मन्त्रीले शर्माले भने ।

१३ फागुन २०७३, अनलाइनखबर, ११।००

वि.सं.२०७३ फागुन १३ शुक्रवार १२:२७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...