back
NMB ad

तरकारी खेतीबाट ८ लाख आम्दानी

Kumari bank ad

पाँचथर । फिदिम नगरपालिका–२ का भवानीप्रसाद काफ्लेलाई अहिले तरकारी खेती गर्न भ्याई नभ्याई छ । उनले बारीमा अहिले १४ हजार काउलीका बिरुवा लगाइसकेका छन् । बेमौसमी तरकारी स्क्वास, फर्सी, काँक्रा लगाउन उनलाई हतारो भएको छ ।

विसं २०४७ देखि कृषि पेसा अङ्गालेका काफ्ले कृषि क्षेत्रमै महत्वपूर्ण योगदान पु¥याएको भन्दै विभिन्न निकायबाट सम्मानित समेत भइसकेका छन् । कृषि क्षेत्रको आम्दानीबाटै उनले पक्की घर, घडेरी समेत जोडेका छन् । उनले तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

“सरकारले कृषकलाई यथेष्ट मात्रामा अनुदान दिनुपर्छ,” काफ्ले भन्छन्– “व्यावसायिक रुपमा लागेका कृषकलाई उत्साहित गर्न कृषिसम्बन्धी तालिम, उपकरण प्रदान गरे राहत हुने थियो ।” काफ्ले परिवारले वार्षिक रु ३० हजारमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको छ ।

१३ फागुन २०७३, रासस, १।००

वि.सं.२०७३ फागुन १३ शुक्रवार १४:२४ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...