back
NMB ad

फागुन १८ देखि २० वर्षे पुराना गाडी चलाएमा जरीवानासहित यस्तो कारबाही !

Kumari bank ad

काठमाडौं।सरकारले बुधबारदेखि २० वर्ष पूराना सवारी साधन चलाएमा जरीवानासहित जफत गर्ने भएको छ। यातायात व्यवस्था विभागले फागुन १७ गतेबाट बीस वर्षे पूराना सवारी साधन हटाउने नीति लिए अनुसार कारवाही गर्ने भएको हो।

विभागले फागुन १८ गतेदेखि बीस वर्षभन्दा पुराना गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्ने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले बताए। विभागले पछिल्लो समयमा अनुगमन तीब्र पारेको बताउँदै उनले असार १८गतेदेखि ट्राफिक प्रहरीको सहयोगमा बीस वर्षे गाडी नियन्त्रणमा लिइने जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएका गाडीको जरीवानासहित सबै राजस्व बुझाउन लगाएर पत्रु गर्न सवारी साधन धनीलार्इनै जिम्मा लगाइनेछ।विभागले फागुन ५ गतेबाट ट्राफिक प्रहरीको सहयोगमा सवारी अनुगमन सुरु गरेको बताउँदै पाण्डेले अनुगमनलाइ तीव्र बनाइएको जानकारी दिए। उनका अनुसार गाडीहरु गुड्ने सम्भावित क्षेत्रहरुमा माइकिङ गरी जनचेतना प्रवाह गरिरहेका छौं।

विभागले दिएको जानकारी अनुसार यस्ता २० बर्ष पुराना भाडाका सवारी साधनहरु उपत्यका बाहिर लगेर संत्र्चालन पार्इदैन।यो गाडीको किनभने विभागले अञ्चलिकरण गर्न अनुमती दिँदैन ।

सवारी सरुवा सहमती रोकिने बताउँदै उनले त्यस्ता सवारीहरुलाइ रुट इजाजत नदिइने जानकारी दिए। यो नीतिसँगै करिब २५ सय भाडाका सवारी साधन राजधानीबाट विस्थापित हुनेछन्। पाण्डेका अनुसार सार्वजनिक सवारी साधन हटाएपछि निजी र सरकारी गाडी हटाउने बारे अध्ययन गरिनेछ।

तर यो निर्णयको यातायात व्यवसायीले भने विरोध गर्दै आएका छन्। उनीहरुले बीस वर्षे सवारी साधन हटाउन तयार भएपनि नयाँ गाडी किन्दा भन्सार छुटको व्यवस्था हुनुपर्ने अडान राख्दै आएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार छुट प्याकेज दिएर मात्रै पूराना गाडी हटाउने शर्त राखेको हो।उपत्यका बाहिर भने अर्को वर्षको फागुन ३० गतेबाट २० वर्षे गाडी हट्नेछ।

प्रकाशित मितिः २०७३ फागुन १४

वि.सं.२०७३ फागुन १४ शनिवार १३:४९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...