back
NMB ad

फेसबुकमा कसैलाई धम्की दिंदै हुनुहुन्छ? यसरी जेल चलान हुनुपर्ला !

Kumari bank ad

क्याम्बोडियाको स्थानीय एक अदालतले शुक्रबार एकजना २७ वर्षीय युवकलाई दुई वर्षको कारावासको सजायँ सुनाएको छ । फेसबुकबाट क्याम्बोडियाका शक्तिशाली प्रधानमन्त्री हुन् सेनलाई धम्की दिएको आरोपमा उनलाई सो जेल सजाय भएको हो ।

गत हप्ता भएको अदालतको फौजदारी सुनुवाइमा पूर्वी प्रे भेङ्ग प्रान्तका बासिन्दा भेन सोफेप नामक ती व्यक्तिलाई दोषी मुकर्रर गरिएको थियो । उक्त युवकले तीन दशकभन्दा बढी सयमसम्म कम्बोडियामा एकछत्र कठोर शासन गर्न सफल प्रधानमन्त्री हुन् सेन विरुद्ध फेसबुकमा धम्कीका शव्दले भरिएका ‘हुन् सेन आज तेरो मृत्युको दिन हो’ ‘खमेर बालबालिकाको कर्तब्य भियतनामी जनताको शिरच्छेदन नै हो’ जस्ता उग्रवादी नारा लेखेर आफ्नो फेसबूक एकाउन्टमा पोस्ट गरेका कारण गत अक्टोबर महिनामा ती युवकलाई पक्राउ गरी देशद्रोहको मुद्दा चलाइएको थियो ।

मुद्दा चल्दै गएकोमा, प्रधानमन्त्रीलाई मार्ने प्रपन्च रचेको, जनता जनताबीच शत्रुता उत्पन्न गराई देशद्रोह गरेको भन्ने आरोपमा उक्त युवकलाई दुई वर्षको कारावासको सजाय तोकिएको न्होमपेन्ह अदालतका न्यायाधीश ली सोक्लेङ्गले बताए ।

प्रधानमन्त्री हुन् सेनको शासनकालमा भ्रष्टाचार मौलाएको र मानवअधिकारको ब्यापक दुरुपयोग भएको भन्ने आरोपमा हिजोआज क्याम्बोडियाका युवा पुस्ता ६४ वर्षीय प्रधानमन्त्रीसँग रुष्ट छ ।

फेसबूकजस्ता सामाजिक सञ्जालमा विश्वभरीका मानिसले सामान्य आक्रोश प्रकट गर्ने खालका साधारण शव्दहरु पोस्ट गर्छन्, उनीहरुको खास त्यस्तो कुनै कुत्सित उद्देश्य हुँदैन, तर यहाँ यस्तो सामान्य आक्रोश पोखेकै भरमा यसरी दुइदुई वर्षको जेल सजाय तोक्नु क्याम्बोडियाको अदालतको चरम अन्याय र जनताउपर कठोर ज्यादति हो भनी क्याम्बोडियाको मानवअधिकार संस्थाःक्याम्बोडियन सेन्टर फर ह्युमन राइट्सका कार्यकारी निर्देशक चाक सोफेपले अदालतको फैसला उपर आलोचना गरेका छन् । रासस÷एएफपी

प्रकाशित मितिः २०७३ फागुन १४

वि.सं.२०७३ फागुन १४ शनिवार १४:११ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...