पशु बिमामा बढ्दो आकर्षण, एकै जिल्लाबाट उठ्यो करिब ९ करोड राजस्व

काठमाण्डौं । पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा गरिएको छ ।

पशु पालनमा किसानको आकर्षण बढ्दै गएको र माघ महिनामा मात्रै तीन सय ८१ पशुको बिमा गरिएको छ ।

जसको बिमित रकम रु एक करोड १५ लाख ३९ हजार पुगेको छ । पशु बिमा ऐन, २०६८ आएपछि दोलखामा २०७१ सालबाट पशु बिमा सेवा सुरु भएको थियो ।

आफ्नो हेलचेक्र्याइँ बाहेकका कुनै कारण आफूले पालेका पशुको मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति बिमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बिमातर्फ किसानको आकर्षण बढेको कार्यालयका प्राविधिक कमल पराजुलीले जानकारी दिए । जिल्लामा सरकारी इजाजत प्राप्त प्रिमियर इन्सुरेन्स कम्पनीले पशु बिमा गरेका हुन् ।

१६ फागुन २०७३, रासस, ११।००

२०७३ फागुुण १६ गते ११:३६ मा प्रकाशित

You can share this post!

स्वास्थ्यमन्त्री गगन थापाले आफ्ना शरीरका सात वटा अंग दान गरे

अब मात्र १२ लाखमा पूरा हुनेछ तपाईको कार चढ्ने सपना

Related posts