बैंकको साढे सात लाख कित्ता बढी सेयर बजारमा आउँदै, किन्ने समय १५ दिन मात्रै

काठमाण्डौ । जनता बैंक नेपालले चैत एक देखि १५ गतेसम्म सर्बसाधारण र संस्थापक गरी सात लाख ६७ हजार पाँच सय ५२ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले तीन लाख ९६ हजार पाँच सय २६ कित्ता संस्थापक सेयर तथा तीन लाख ७१ हजार २६ कित्ता साधारण सेयर बेच्न लागेको हो ।

जनता बैंकले कार्तिक १० गतेसम्म सेयर किनेका सेयरधनीहरुलाई मंसिर १ गतेदेखि ५० गत पुस ५ गतेसम्म प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । बैंकले निष्काशन गरेको पचास प्रतिशत हकप्रदमा नविकेको उक्त सेयर लिलामी मार्फत बोलकबोलमा बिक्री गर्ने भएको हो ।

लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक एन।सि।एम मर्चेन्ट एण्ड बैंकिङ्ग कमलपोखरीबाट चैत १ गतेदेखि १५ गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

१६ फागुन २०७३, १२।००

२०७३ फागुुण १६ गते १२:४४ मा प्रकाशित

You can share this post!

अब मात्र १२ लाखमा पूरा हुनेछ तपाईको कार चढ्ने सपना

आज बजारमा, सुनको भाउ घट्दै, चाँदी भने स्थिर

Related posts