नेपालमा आउँदैछन् माइक्रोसफ्टदेखि कोकाकोलासम्म

काठमाण्डौं । फागुन १९ गतेबाट हुने नेपाल लगानी सम्मेलनमा विश्वका उत्कृष्ट कम्पनीहरु माइक्रोसफ्टदेखि कोकाकोलासम्मले सहभागिता जनाउने पक्का भएको छ ।

सम्मेलनमा कोकाकोलाका तर्फबाट बोटलर्स नेपाका प्रवन्ध निर्देशक पुनित भर्सनी सहभागी हुनेछन् । त्यस्तै युनिलिभरका प्रवन्ध निर्देशक सुयोस चौहान पनि आउने पक्का भएकोछ । लगानी सम्मेलनमा माइक्रोसफ्टका कन्ट्री जनरल म्यानेजर मिचेली सिमोन्सको पनि सहभागिता रहनेछ । त्यस्तै आइएफसीका कन्ट्री म्यानेजर वीन्डी जो वेरनर पनि सहभागी हुने पक्का भएको छ । सम्मेलनमा पावर चाइना रिसोर्स प्रालीका ली यनफेङ, जिएमआरका हरभिन्दर मनोचाले सहभागीता जनाउने छन् ।

उद्योग मन्त्रालयले लगानी बोर्डसँगको सहकार्यमा काठमाडौंको सोल्टी होटलमा आयोजना गर्न लागेको सम्मेलनमा हालसम्म २ सय ३७ कम्पनीका प्रतिनिधिले सहभागिता जनाउने पक्का भएकोछ ।

१६ फागुन २०७३, ११।००

२०७३ फागुुण १६ गते १५:४६ मा प्रकाशित

You can share this post!

पेलेका छोराले गरे आत्मसमर्पण, अब १३ वर्ष जेल सजाय हुने

२५ लाख ७९ हजार २३८ कित्ता सेयर निष्कासन गर्दै विकास बैंक, एक महिना समय मिल्ने

Related posts