कोरियाले अब १० हजार २ सय नेपाली कामदार लैजाने, जेठमा भाषा परीक्षा

काठमाण्डौं । दक्षिण कोरियाले आगामी वर्षको लागि दश हजार दुर्इसय नेपाली कामदार लैजाने भएको छ । यस वर्ष भने कोरियाले तीन हजार एक सय जनालार्इ मात्र कोटा छुट्याएको थियो ।

सन् २०१८ मा दक्षिण कोरिया सरकारले इपिएस मार्फत १० हजार दुई सय जना नेपाली कामदार लैजाने भएको हो। कोरिया सरकारले बैदेशिक रोजगार अन्तर्गतको इपिएस कोरिया शाखालाई यो बर्ष १० हजार दुईसय कामदार लैजाने ‍औपचारिक जानकारी दिएको शाखाका निर्देशक बावुराम खतिवडाले बताए। उनका अनुसार कोरियन भाषाको परिक्षामा उत्तिर्ण हुनेमध्येबाट चार हजार जना उत्पादनमुलक क्षेत्रमा तथा ६ हजार दुईसयजना कृषि सम्वन्धि कामका लागि माग भएको बताए।

सन् २०१८को इपिएस अन्तर्गतको भाषा परीक्षाका लागि इच्छुकले अब अनलाइन फारम समेत भर्न पाउने भएका छन्। यो बर्षदेखि भाषा परीक्षाका लागि लागु गरिने अनलाइन फारमका लागि आगामी चैत्र नौ गतेदेखि १८ गतेसम्म अनलाइन आवेदन बुझ्ने बताइएको छ । परीक्षा भने जेठमा गर्ने तयारी भैरहेको शाखाका निर्देशक खतिवडाले जानकारी दिए ।

१७ फागुन २०७३, १।००

२०७३ फागुुण १७ गते १३:१३ मा प्रकाशित

You can share this post!

साढे १२ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा, किन्ने हैन त ?

अब घरजग्गा सस्तिन्छ,हेर्नुहोस् भाउ सस्तिने यस्तो छ कारण ?

Related posts