काठमाण्डौं । आज सेयर बजारमा खरिद बिक्री रकम केही बढेपनि बजार परिसूचक भने दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.७२ अंकले घटेर १२९९.१२ अंकमा पुगेको हो । नेपाल बंगलादेश बैंक र महालक्ष्मी विकास बैंकको ठूलो परिमाणको सेयर खरिद बिक्री हुँदा कारोबार रकम बढेको हो ।
५४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको बजारमा आज जलविद्युत र उत्पादनमुलक समुह बाहेक सबै उपसूचक घटेका छन्। बैंक १३.५७, होटेल ५०.२५, बिकाश बैंक ९.८५, फाइनान्स ३.३६, इन्स्योरेन्स ११४.३७ र अन्यमा ४.३३ अंकको गिरावट आएको छ तर जलविद्युत भने ३४.८८ अंकले बढ्न पुगेकोछ ।
१७ फागुन २०७३, ४।००
वि.सं.२०७३ फागुन १७ मंगलवार १६:४३ मा प्रकाशित