back
NMB ad

हवाई यात्रा गर्दै हुनुहुन्छ ? नेपाल एयरलाइन्समा ४ हजारसम्म सस्तो छ भाडा

Kumari bank ad
काठमाण्डौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा निजी एयरलाइन्सले भन्दा चार हजारसम्म सस्तो शुल्कमा सेवा दिइरहेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहकले गन्तव्य हेरी निजीकोभन्दा ३ सयदेखि चारहजार रुपैयाँसम्म सस्तोमा उडान गरिरहेको छ। निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले तोकेको भाडाभन्दा निगमले निर्धारण गरेको भाडादर प्रत्येक गन्तव्यमा सस्तो छ।
मुलुकका २० गन्तव्यमा हप्तामा ७० वटा उडान गरिरहेको निगमले ट्रंक(सुगम) रुटहरुमा पनि निजीको भन्दा सस्तोमा यात्रुहरुलाई सेवा दिइरहेको निगम व्यावसायिक विभागका निर्देशक जनकराज कालाखेतीले जानकारी दिए।
उनका अनुसार यात्रु नै नपाए पनि निजी क्षेत्रले सेवा नदिने ठाउँहरुमा पनि निगमले सेवा दिइरहेको र बढी व्यापार हुने ट्रंक रुटमा पनि सहुलियतमा उडान भरिरहेको छ। निगमको ५६ सिटे दुई एमए६० विमानका लागि मात्र भाडादरमा भिन्नता रहे पनि साना विमानहरुको लागि भने एउटै भाडामा यात्रुलाई सेवा दिइरहेको छ।
भाडा सस्तो हुँदाहुँदै पनि टिकटको झन्झट, कर्मचारीहरुको व्यवहरका कारण यात्रुहरु भने अझै आकर्षित हुन सकेका छैनन्। सन् २०१६ को आठ महिनामा निजी क्षेत्रको एयरलाइन्स बुद्ध एयरले एक्लै सात लाख यात्रु बोक्दा एनएसीले भने जम्मा २८ हजार यात्रु मात्र बोकेको थियो।
अहिलेसम्म पनि निगमको कागजी टिकट लिनुपर्ने र टिकट लिन ट्राभल एजेन्सीसम्म पुग्नुपर्ने बाध्यता छ। एजेन्सीहरुले निगमको टिकटभन्दा पनि निजी एयरलाइन्सका टिकट यात्रुलाई थमाउने गरेकोले निगमका विमान खाली उड्ने गरेको निगमकै कर्मचारीहरुको भनाई छ।
हाल ५६ सिट भएका दुई एमए ६०, १७ सिट भएका४ वाई १२, र १९ सिट भएका २ ट्वीनअटर विमान आन्तरिक गन्तव्यमा निगमले उडाई रहेको छ। यसमध्ये एउटा एमए ६० र वाई १२ भने भर्खरै चीननबाट ल्याइएका हुन्।
निजी क्षेत्रका वायुसेवा प्रदायकहरुजस्तै निगमले पनि विदेशीहरुको लागि डलरमा भाडा निर्धारण गरेको छ। सरकारी स्वामित्वको भएकोले नाफाभन्दा पनि सेवाको दृष्टिकोणबाट भाडादर निर्धारण गरिएको र यो भाडादरमा अझै सहुलियत दिने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।
टिकट र व्यवस्थापनको लागि निगमले सुधारका काम गरिरहेको उनले बताए। समयमा उडान गर्नकै लागि निगमले विमान थप गरे पनि पुरानै गन्तव्यमा उडान भर्ने योजना बनाइएको कंसाकारको भनाइ छ।
‘यात्रुहरुको विश्वासनियताकै लागि हामीले धेरै गन्तव्य भन्दा पनि मौजुदा गन्तव्यमै नयाँ विमान थप गरेका छौँ’ उनले सेतोपाटीसँग भने, ‘त्यस्तै अब छिट्टै अनलाइन टिकट बुकिङ सुरु भएपछि धेरै समस्या हल भएर जान्छ।’
निगम र निजी क्षेत्रका वायुसेवाप्रदायकहरुको भाडादर यस्तो छः 
गन्तव्य नेपाल एयरलाइन्स (रु)             निजी (रु)
माउन्टेन फ्लाइट९,४३५१०,८००
काठमाडौं–भरतपुर३,०००३,३००
काठमाडौं–पोखरा२,५५०४,५००
काठमाडौं–विराटनगर३,५१०–५,०००७,०००
काठमाडौं–भैरहवा३,०२५–४,३००५,८००
काठमाडौं–धनगढी६,०००–८,०००१२,०००
काठमाडौं–नेपालगंज६,०००९,३००
काठमाडौं–भद्रपुर३,८००–६,१००८,५००
काठमाडौं–तुमलिङटार४,१९५५,५००
काठमाडौं–सिमरा३,०००२,८४५

१८ फागुन २०७३, सेतोपाटी, ११।००

वि.सं.२०७३ फागुन १८ बुधवार ११:२२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...