back
NMB ad

के तपाईलाई सेयर रजिष्टार कम्पनीको बारेमा थाहा छ ?

Kumari bank ad
नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत प्रायः सबै कम्पनीले आफूले घोषणा गरेको प्रतिफल बाँडफाँड एवं नामसारी लगायत सेयरसँग सम्बन्धित कामका लागि सेयर रजिष्ट्रारहरु तोकेका छन्। उनीहरुकहाँ गएर आफ्नो नाममा भएको सबै विवरण एवं प्रतिफल लिन सकिन्छ।

पछिल्लो पुस मसान्तसम्म केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी एण्ड क्लियरिंग)मा एक अर्ब एक करोड ८४ लाख ४५ हजार आठ सय १४ कित्ता सेयर  डिम्याट (अभौतिकरण) भएका छन्। यसै गरि करिब ६ लाख लगानीकर्ताले हितग्राही (डीम्याट) खाता खोलेका छन्। तर, अझै पनि ठूलो संख्यामा ‘प्यासिभ’ लगानीकर्ता रहेको बजारका जानकारहरु बताउँछन्। उनीहरुले सम्बन्धित रजिष्ट्रारकहाँ गएर विवरण एवं प्रतिफल लिने मात्र होइन डिम्याट खाता खोल्न र आफ्नो सेयर  डिम्याट गर्न समेत सक्छन्।
अहिले विभिन्न १६ मर्चेन्ट बैंकर सेयर  रजिष्ट्रारको रुपमा कार्यरत छन्। मर्चेन्ट बैंकर र तिनले सेवा दिने कम्पनी निम्न छन्।
सिभिल क्यापिटल मार्केट
सिभिल क्यापिटलले १९ वटा कम्पनीको सेयर रजिष्ट्रारको काम गर्छ। तिनमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सेन्चुरी कमर्सियल बैंक, सिभिल बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, कसमस डेभलपमेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, हामा मर्चेन्ट बैंक एण्ड फाइनान्स, आइएलएफसीओ माइक्रोफाईनान्स, इन्टरनेसनल लिजिंग एण्ड फाइनान्स, किसन माइक्रोफाइनान्स, मिथिला लघुवित्त विकास बैंक, मल्टिप्रपोज फाइनान्स, नेपाल बैंक, एनआइसी बैंक, एनएलजी इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक, रिलायबल माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स,युनिक फाइनान्स छन्।

एस क्यापिटल 

एस क्यापिटलले १४ वटा कम्पनीको सेयर सम्बन्धी सेवा दिन्छ। एस डेभलपमेन्ट बैंक, कृषि बिकास बैंक, डिप्रोक्स डेभलपमेन्ट बैंक, दिब्येश्वरी हाईड्रोपावर कम्पनी, एभरेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, गरिमा बिकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, महाकाली बिकास बैंक, मालिका बिकास बैंक, मञ्जुश्री फाइनान्स, निर्धन उत्थान बैंक, ओम डेभलपमेन्ट बैंक, त्रिबेणी बिकास बैंक ।
प्रभु क्यापिटल 
प्रभु क्यापिटलले १४ कम्पनीको सेयर सम्बन्धी सेवा दिन्छ। तिनमा फेवा बिकास बैंक, काँक्रेबिहार बिकास बैंक, कामना बिकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, मनास्लु बिकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, नेपाल ग्रामीण बिकास बैंक, प्रभु इन्स्योरेन्स कम्पनी, साझा बिकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक छन्।
ग्लोबल आइएमई क्यापिटल (ग्रोमर)
ग्लोबल आइएमई क्यापिटलमा ग्रोमर मर्चन्ट बैंकिङ समेत गाभिएको छ। ग्लोबलले २१ कम्पनीको सेयर  सम्बन्धी सेवा दिन्छ। तिनमा अरुण फाइनान्स, फस्ट माइक्रोफाइनान्स, गण्डकी बिकास बैंक, जनरल फाइनान्स, ग्लोबल आइएमइ बैंक, आइसीएफसी फाइनान्स, जलबिद्युत लगानी तथा बिकास कम्पनी, ज्योति बिकास बैंक, काबेली बिकास बैंक, कैलाश बिकास बैंक, कंचन डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, एनबी इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स कम्पनी, सहारा बिकास बैंक, सूर्योदय लघुवित्त बिकास बैंक, युनाईटेड इन्स्योरेन्स कम्पनी छन्।
एनएमबी क्यापिटल 
एनएमबि क्यापिटल २२ कम्पनीको सेयर रजिष्ट्रार रहेको छ। तीनमा अलपाइन डेभलपमेन्ट बैंक, भक्तपुर फाइनान्स, भार्गव बिकास बैंक, बुटवल पावर कम्पनी, छिमेक लघुवित्त बिकास बैंक, एभरेस्ट इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, कालिका माइक्रो क्रेडिट, नागबेली माइक्रोफाइनान्स, नमस्ते वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त बिकास बैंक, एनएमबि बैंक, एनएमबि हाईब्रिड फण्ड एल-१, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड-१, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, सेवा बिकास बैंक, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, स्वर्गद्वारी लघुवित्त विकास बैंक छन्।
एनसीएम मर्चेन्ट बैंकिंङ (nidc)
एनसीएम मर्चेन्ट बैंकिंगले १७ वटा कम्पनीको सेयर सम्बन्धी सेवा दिन्छ। तिनमा जानकी फाइनान्स, जेबिल्स फाइनान्स, कास्टमण्डप डेभलपमेन्ट बैंक, एनसीसी बैंक, नेपाल फ्लिम डेभलपमेन्ट कम्पनी, नेरुड़े लघुवित्त बिकास बैंक, एनआइडीसी डेभलपमेन्ट बैंक, रिलाइन्स फाइनान्स, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट, सहयोगी बिकास बैंक, सिर्जना फाइनान्स, सनराइज बैंक, टुरिजम् डेभलपमेन्ट बैंक, युनिलिभर कम्पनी, माथिल्लो तामाकोशी हाईड्रोपावर, यति डेभलपमेन्ट बैंक छन्।
नागरिक लगानी कोष    
नागरिक लगानी कोषले नागरिक लगानी कोष र चिलिमे हाईड्रोपावर कम्पनीको सेयर रजिष्ट्रार सेवा दिँदै आएको छ।

लक्ष्मी क्यापिटल 

लक्ष्मी क्यापिटलले लक्ष्मी बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, लक्ष्मी भ्यालु फण्ड-१ र राप्ती भेरी बिकास बैंकको सेयर  सम्बन्धी सेवा दिन्छ।
भिबोर क्यापिटल 
भिबोर क्यापिटलले लुम्बिनी फाइनान्स एण्ड कम्पनी, मिसन डेभलपमेन्ट बैंक, भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर  सम्बन्धी सेवा दिन्छ ।
नबिल इन्भेस्टमेन्ट बैंकिंङ
नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडले १० वटा कम्पनीको सेयर  सम्बन्धी सेवा दिन्छ। तिनमा बैंक अफ काठमाडौँ लुम्बिनी, बोटलर्स नेपाल तराई, बोटलर्स नेपाल बालाजु, मेघा बैंक, नबिल ब्यालेन्स फण्ड-१, नबिल बैंक, नबिल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, साना किसान बैंक, सूर्या लाइफ इन्स्योरेन्स रहेका छन्।
एनआइबिएल क्यापिटल  
एनआइबिएल क्यापिटलले २६ वटा कम्पनीको सेयर सम्बन्धी सेवा दिन्छ। तिनीहरुमा बरुण हाइड्रोपावर कम्पनी, बिराटलक्ष्मी बिकास बैंक, देव बिकास बैंक, गुडविल फाइनान्स कम्पनी, ग्रीन बिकास बैंक, हाम्रो बिकास बैंक, माउन्ट मकालु बिकास बैंक, मुक्तिनाथ बिकास बैंक, नेसनल माइक्रोफाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआइबिएल समृद्धि फण्ड-१, ओरियन्टल होटेल, पोखरा फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, आरएसडीसी लघुवित्त, साल्ट ट्रेडिंग, सेती फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिन्धु बिकास बैंक, स्वावलम्बन बिकास बैंक, बिजय लघुवित्त बित्तीय संस्था छन्।
सिद्धार्थ क्यापिटल  
सिद्धार्थ क्यापिटलले १२ वटा कम्पनीको सेयर सम्बन्धी सेवा दिन्छ। अरनिको डेभलपमेन्ट बैंक, जनउत्थान समुदायिक लघुवित्त बिकास बैंक, कन्काई बिकास बैंक, महालक्ष्मी बिकास बैंक, महिला सहयात्री लघुवित्त, न्यादी ग्रुप पावर, पूर्णिमा बिकास बैंक, श्रीराम सुगर मिल्स, सिद्धार्थ बैंक, तिनाउ डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स ।
सिबिआईएल क्यापिटल    
सिबिआइएल क्यापिटलले सिटिजन्स बैंकको सेयर सम्बन्धी सेवा दिन्छ।
सानिमा क्यापिटल     
सानिमा क्यापिटलले सानिमा बैंक र सानिमामाई हाईड्रोपावर कम्पनीको सेयर  सम्बन्धी सेवा दिन्छ ।
काठमाडौँ क्यापिटल मार्केट   
काठमाडौँ क्यापिटल मार्केटले खानीखोला हाईड्रो पावर कम्पनीको सेयर सम्बन्धी सेवा दिन्छ।
नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ्ग 
नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ्गले नेपाल एसबिआइ बैंकको सेयर  सम्बन्धी सेवा दिन्छ।
१८ फागुन २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ फागुन १८ बुधवार १३:०३ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...