नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जीव सिंह पुरी

काठमाण्डौं । नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जीव सिंह पुरीको नाम सिफारिस भएको छ । भारत सरकारले सिंहलाई नयाँ राजदूतमा सिफारिस गरेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

नेपालका लागि भारतका राजदूत रणजीत रायको हिजो कार्यकाल समाप्त भएको हो । नेपाल आउन लागेका सिंह बेल्जियमका लागि भारतीय राजदूत थिए । यही फेब्रअरीमा उनको तीन वर्षे कार्यकाल पूरा भएको थियो । सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका पुरी २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत बनेका थिए।

१८ फागुन २०७३, १।००

२०७३ फागुुण १८ गते १४:१४ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीको १ बराबर १ अनुपातमा हकप्रदको मौका

करिब २१ करोड बराबरको सेयर निस्कासन गर्न लागेको बैंकबारे जान्नुहोस्

Related posts