आजबाट बजारमा आयो १७ लाख २५ हजार कित्ता आइपिओ, भर्ने ठाउँ थाहा पाउनुहोस्

काठमाण्डौं । युनाईटेड मोदी हाईड्रोपावरले आज फागुन १९ गते बिहीबारदेखि सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर निष्काशन गरेकोछ । जलविद्युत कम्पनीले एक सय रुपैँया अंकित दरमा सर्वसाधारणमा उक्त आईपीओ निष्काशन गरेको हो ।

कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत्त आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिसकेको छ । लगानीकर्ताले कम्पनीको सेयरमा न्युनतम ५० कित्ता र अधिकतम १५ हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल रहेको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । आईपीओ सेयर भर्ने म्याद छिटोमा फागुन २३ गते र ढिलोमा चैत ३ गते बन्द हुनेछ ।

कम्पनीको साधारण सेयरमा धितोपत्र बोर्डबाट आस्बा प्रणालीको सेवा प्रदान गर्न स्वीकृती प्राप्त गरेका बैंक तथा वित्तिय संस्थाहरुबाट आवेदन गर्न सक्नेछन् । पुरानै तरिकाले आवेदन गर्नेका लागि सेयर विक्री प्रबन्धक एनआईबीएल क्यापिटल लाजिम्पाट, सिबीआईएल क्यापिटल डिल्लीबजार, काठमाडौं क्यापिटल कमलादी, भिबोर क्यापिटल ललितपुर, गोर्खाज फाईनाइन्सका शाखा कार्यालयहरु डिल्लीबजार, बौद्ध, न्यूरोड, सातदोबाटो, सुर्यबिनायक, दमक, धरान, ईटहरी, नारायणगढ र बिर्तामोडबाट आईपीओमा आवेदन गर्न सक्नेछन् ।

१९ फागुन २०७३, ११।००

२०७३ फागुुण १९ गते ११:११ मा प्रकाशित

You can share this post!

थाहा पाउनुभयो, कर्पोरेशनले दिँदैछ २५ करोड बराबरको बोनस सेयर

डेभलपमेन्ट बैंकको सेयर प्रमाणपत्र रद्द, के होला अब ?

Related posts