back
NMB ad

बैंकको शतप्रतिशत हकप्रदको यो मौकाबारे थाहा पाउनुभयो ?

Kumari bank ad

काठमाडौ । ज्योति विकास बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको छ । बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंक र सिद्धार्थ क्यापिटल बिच विहीबार सेयर निष्काशन गर्ने सम्बन्धी सम्झौता भएको हो । ज्योति विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवर र सिद्धार्थ क्यापिटल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

राष्ट्रिय स्तरको बिकास बैंक ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गरेपछिको चुक्तापुँजीबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकको गत पुस २८ गते सम्पन्न नवौ वार्षिक साधारणसभाले उक्त निर्णय पारित गरिसकेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ बराबरको एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेर ज्योतिले एक अर्ब १० करोड ४३ लाख रुपैयाँ पुर्याएको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ नाघ्नेछ ।

प्रकाशित मितिः २०७३ फागुन २०

वि.सं.२०७३ फागुन २० शुक्रवार १३:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...