back
NMB ad

नामका कारण राजदूतलाई देशनिकाला गरेको घोषणा !

Kumari bank ad

उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएकोे शनिबार क्वालालम्पुरले बताएको छ ।“उत्तरकोरियाली राजदूतलाई मलेसियामा राख्न सम्भव नभएको सरकारले घोषणा गरेको छ”– मलेसियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी बताएको छ ।

मन्त्रालयले किमको हत्या प्रकरणपछि शव परीक्षणबारे आएका अभिव्यक्तिलाई लिएर उत्तर कोरियासँग क्षमा याचना गर्न भनेको तर प्यायोङयाङले यसमा सकारात्मक नबेपछि राजदूतलाई देश निकाला गर्ने निर्णय गरिएको बताएको छ । मलेसियाका लागि उत्तर कोरियाली राजदूतले राष्ट्रपति किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियाद्वारा दिएको शव परीक्षणलाई चुनौती दिँदै नामको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका थिए ।

उनले नाम मुटु, मधुमेह तथा उच्च रक्तचापका बिरामी भएको र उनको मृत्यु यसैकारण भएको हुनसक्ने बताएका हुन् । मलेसियाले यस भनाइको खण्डन गरिसकेको छ ।

उत्तर कोरियाली नेता किमका दाजुको मृत्युले मलेसिया र प्योङयाङबीच कूटनीतिक सम्बन्धमा नै समस्या ल्याएको छ । उत्तर कोरियाली नेताका सौतेनी दाजू जोङ नामको मृत्युपछि शव परीक्षण (पोस्ट मार्टम) गर्ने विषय संवेदनशील भएको बताउँदै स्वदेशमै झिकाउने प्रयास गरिएको थियो ।

तर मलेसियाले प्योङयाङको आग्रहलाई बेवास्ता गर्दै शव परीक्षण गरेको थियो । क्लालम्पुरले आफ्नो देशको कानुनको पालना गर्दै शवको परीक्षण गरिएको र शव परीक्षण नतिजामा नामको विषाक्त ग्यासको प्रयोगबाट मृत्यु भएको पाइएको बताएको छ ।

बिहीबार मलेसियाले उत्तर कोरिया विनाभिसा नै प्रवेश गर्न पाउने प्रावधानलाई रद्द गर्न लागिएको बताएको थियो । रासस÷एएफपी÷सिन्ह्वा

प्रकाशित मितिः २०७३ फागुन २२

वि.सं.२०७३ फागुन २२ आइतवार १२:५१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...