नेपाल यातायात पनि दशवटा नयाँ ठूला बस थप्दै

काठमाण्डौं । राजधानीमा ठूला बसहरुको चहलपहल बढेसँगै लामो रुटमा आफ्नो वर्चस्व कायम गर्दै आएको नेपाल यातायातले १० वटा नयाँ ठूला बस ल्याउने भएकोछ । नेपाल यातायात मिनीबस सेवा समितिका अनुसार उही रङ र उस्तै देखिने ३६ सिटका बस संचालनमा ल्याउन लागेको हो ।

समितिका अनुसार एक महिनाभित्रै नयाँ बस संचालनमा आउनेछ । नेपाल यातायातका गोपीकृष्ण-बालकुमारी, पेप्सीकोला – टाउन प्लानिङ- जावलाखेल-पेप्सीकोला, गोठाटार- पुतली सडक-घण्टाघर-पुरानो बसपार्क हुँदै पुन गोठाटार, रिङरोड लगायतका ४ वटा रुटमा बस र मिनीबस गरी १ सय ४८ गाडी संचालनमा छन् ।

सरकारले ४० भन्दा बढी सिट भएका गाडी कम्पनीको मोडेलमा दर्ता भएर ल्याएमा ८० प्रतिशत सम्म राजस्व छुट दिने व्यवस्था गरेको छ । तर नेपाल यातायातले बस सञ्चालन हुने रुटमा गाडी मोड्न र लैजान नसकिने भएकाले ४० सीटका गाडी ल्याउन नसकिएको समितिले जनाएकोछ ।

२४ फागुन २०७३, १।००

२०७३ फागुुण २४ गते १३:५० मा प्रकाशित

You can share this post!

१४ अर्ब लगानीका लागि बन्यो चार समिति

किन्ने हो ? बैंकको १ लाख ४५ हजार ५८० कित्ता साधारण सेयर लिलामीमा !

Related posts