back
NMB ad

भारतबाट ३५ मेगावाट थप बिजुली ल्याउने तयारी

Kumari bank ad

नेपाल विद्युत प्राधिकरणले कुशाहा–कटैया १३२ केभी प्रसारण लाइनबाट करिब ३५ मेगावाट बिजुली ल्याउने प्रक्रिया अघि बढाएको छ । सुख्खायामभरी लोडसेडिङ नगर्ने लक्ष्यअनुसार थप बिजुली ल्याउने तयारी गरिएको हो ।

आन्तरिक काम सकेर बिजुली उपलब्ध गराइदिन प्राधिकरणले भारतलाई पत्राचारसमेत गरेको छ । विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्न गठित नेपाल–भारत चौथो सचिवस्तरीय संयुक्त बैठकको निर्णयअनुसार बिजुली किन्न प्रस्ताव पठाइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘भारतको एनटिपिसी कम्पनीलाई पत्राचार गरिएको छ, उसले नेपालमा बिजुली बेचिरहेको एनभिभिएनमार्फत प्राधिकरणलाई जानकारी गराउनेछ,’ उनले भने, ‘त्यसपछि मात्र कुन दरमा, कति बिजुली ल्याउने वा कति अवधिसम्म ल्याउने भन्ने स्पष्ट हुन्छ ।’ एनभिभिएन वा अर्को कम्पनीले बेच्ने भन्ने विषय पनि भारतले नै निर्णय गर्ने उनले बताए ।

प्राधिकरणले अहिले सञ्चालनमा रहेको कुशाहा–कटैया १३२ केभी लाइनबाट १ सय ३० मेगावाटसम्म बिजुली किनिरहेको छ । यहाँबाट थप १० मेगावाट ल्याउन सकिने र अर्को लाइनबाट ३५ मेगावाट उपलब्ध भए तराई क्षेत्रलाई ठूलो राहत पुग्ने अधिकारीले बताए । नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनीबाट प्राधिकरणले बिजुली आयात गरिरहेको छ ।

प्राधिकरणले अहिले उच्च माग हुँदा भारतबाट ३ सय ८५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । ३५ मेगावाट थपिएपछि आयातको परिमाण ४ सय २० मेगावाट पुग्नेछ । यो केन्द्रीय प्रसारण प्रणालीमा जडित बिजुलीको झन्डै आधा हो ।

प्रकाशित मितिः २०७३ फागुन २४

वि.सं.२०७३ फागुन २४ मंगलवार १६:१३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...