back
NMB ad

संसदबाट मृत्युदण्डसम्बन्धी विधेयक पास !

Kumari bank ad

फिलिपिन्सको प्रतिनिधिसभाले मृत्युदण्ड दिने प्रावधानलाई पुनः स्थापित गर्ने विधेयकलाई स्वीकृति प्रदान गरेको छ । मलेसियाले झुण्ड्याएर, घातक सुई वा लागुऔषध कारोबारमा संलग्न अभियुक्तलाई गोली हानी हत्या गर्नसक्ने गरी यहाँको संसदबाट स्वीकृति प्रदान गरेको हो ।

फिलिपिन्सको प्रभावशाली रोमन क्याथोलिक चर्चको विरोधका बाबजुद उक्त कानुनलाई पास गरिएको छ । फिलिपिन्सको प्रतिनिधिसभाको २१६ संसदले प्रस्तावित मृत्युदण्डलाई स्थापित गर्ने कानुनी प्रावधानको पक्षमा मतदान गरेको बताइएको छ भने ५४ मत विपक्षमा अर्थात् मृत्युदण्डलाई पुनःजीवित गर्न हुन्न भन्ने पक्षमा परेका छन् । एक सदस्य उक्त बैठकमा अनुपस्थित भएका छन् ।

यससँगै फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेको खासगरी लागुऔषध कारोबार अपराधमा संलग्नलाई मृत्युदण्ड दिने बाचा पूरा हुने देखिएको छ । प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त यस विधेयक फिलिपिनी सिनेटबाट पास भई राष्ट्रपतिबाट हस्ताक्षर भएपछि कानुनको रुप प्राप्त गर्नेछ ।

फिलिपिन्सका पूर्वराष्ट्रपति ग्लोरिया माकापागाल अरोयोले सन् २००६ मा मृत्युदण्ड सम्बन्धी प्रावधानलाई हटाएका थिए । वर्तमान उपसभामुखले भने मृत्युदण्डको प्रावधानविरुद्ध उभिएका छन् ।
रासस÷एपी

प्रकाशित मितिः २०७३ फागुन २५

वि.सं.२०७३ फागुन २५ बुधवार १२:४९ मा प्रकाशित

You can share this post!

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...