काठमाण्डौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १५।७६ प्रतिशत बोनस दिने भएको छ । बैंक सञ्चालक समितिले लाभांश बितरण र अन्य प्रस्ताव पारित गर्न दशौं बार्षिक साधारणसभा चैत २१ गते हुँदैछ ।
बैंकले साधारणसभा प्रयोजनका लागि बैंकले आगामी चैत ७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । चैत ६ गतेसम्म कायम भएका सेयरधनीले बैंकले प्रस्ताव गरेको बोनसका प्राप्त गर्नुका साथै साधारणसभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।
बैंकले हालैमात्र प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गरिसकेको छ भने रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भई प्रकृयामा रहेको छ ।
२६ फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन २६ बिहीवार १०:५३ मा प्रकाशित