back
NMB ad

अब घर बसी बसी सेयर खरिद बिक्री गर्न सकिने

Kumari bank ad

काठमाण्डौं । अब घरमा बसी बसी सेयर खरिद र बिक्री गर्न पाइने भएकोछ । नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री प्रक्रियालाई सहज बनाउन ब्रोकरहरुलाई निर्देशन दिँदै तत्काल सफ्टवेयर तथा अन्य पूर्वाधार तयार गरेर अनलाईनमार्फत खरीद तथा बिक्री आदेश दिन भनेपछि यस्तो विषय सम्भव हुने भएको हो ।

बोर्डले हिजो एक प्रेस बिज्ञप्ति जारी गरी वोर्डले लगानीकर्ताको सूचीकरण गरी उनीहरुको नो योर कस्टमर (केवाइसी) तयार पार्न निर्देशन दिएको हो । केवाइसीका आधारमा लगानीकर्तालाई ब्रोकरले युजरनेम र पासवर्ड उपलब्ध गराउनु पर्छ।

बोर्डको नयाँ ब्यवस्थापछि आफ्नो युजरनेम र पासवर्डबाट लगानीकर्ताले घरैमा बसेर शेयर खरीद बिक्री आदेश दिन सक्छन् । ब्रोकरले कारोबार गरिसकेपछि त्यसको विवरण लगानीकर्तालाई इन्टरनेटमार्फत नै दिनुपर्छ।

बोर्डका प्रबक्ता निरज गिरीले जारी गरेको बिज्ञप्तिमा नयाँ ब्यवस्थाबाट धितोपत्र खरिद बिक्री गर्न लगानीकर्ता सेयर दलालको कार्यालयमा उपस्थित भई आदेश दिनुपर्ने झंझटको अन्त्य भई सेयर कारोबार थप सहज, सरल र छिटो छरितो हुने अपेक्षा गरिएको छ ।

बोर्डले यस्तो आदेश दिए पनि यो व्यवस्था कहिलेबाट लागु हुने भन्ने कुरा भने खुलाइएको छैन ।

२७ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २७ शुक्रवार १२:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...