back
NMB ad

के तपाईले मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म जारी हकप्रद सेयर किन्नुभएको थिएन ?

Kumari bank ad

काठमाण्डौं । वेष्टन डेभलपमेन्ट बैंकको हकप्रदमा नबिकेको दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर चैत १३ गतेदेखि लिलामीमा आउने भएको छ । जसमध्ये एक लाख ६३ हजार पाँच सय एक कित्ता संस्थापक सेयर छ भने ६२ हजार एक सय ३४ कित्ता साधारण सेयर रहेको छ ।

दाङको धोराहीमा प्रधान कार्यालय रहेको बैंकले कातिक एक गतेसम्म कायम सेयरधनीलाई शतप्रतिशत हकप्रद मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म बेचेको थियो । हकप्रदमा पुरै सेयर नबिकेपछि लिलामी मार्फत विक्री गर्न लागिएको हो ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक प्रभू क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा प्रभू क्यापिटलमा आवेदन गर्नुपर्नेछ । आवेदकले न्युनतम एक सय कित्तादेखि अधिकतम कित्ताका लागि चैत २१ गतेसम्म आवेदन गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय कमलादीमा चैत २४ गते ११ बजे खोल्ने जाएको छ ।

बैंकले एक सय रुपैँया दरका १५ लाख ६९ हजार छ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । बैंकले निष्काशन गरेको हकप्रद मध्ये नौं हजार चार सय ४९ जना सेयरधनीलाई १३ लाख ४३ हजार नौं सय ६५ कित्ता हकप्रद बैंकको सञ्चालक समितिले उक्त हकप्रद फागुन ११ गते बाँडफाँड गरेको जनाएको छ ।

२७ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २७ शुक्रवार ११:४८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...