back
NMB ad

आजैबाट खारेज भयो गाविस, अब देशमा ७ सय ४४ स्थानीय तह

Kumari bank ad

काठमाण्डौं । सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रिपरिषदले यही फागुन २२ मा ७ सय ४४ स्थानीय तह हुनेगरी गरेको निर्णय आज राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको छ।

हिजो सरकारमा गएर सपथ खाएपछि उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मन्त्रालयमा आज काम गर्न सुरु गरेकै दिन राजपत्रमा सूचना प्रकाशित गरी नयाँ संरचना लागू भएको घोषणा गरेका हुन् ।

नयाँ संविधान अनुसार स्थानीय तह निर्धारण आयोगले बनाएको प्रतिवेदन परिमार्जन सहित सरकारले राजपत्रमा प्रकाशित गरेको हो। संविधानअनुसार यो प्रतिवेदन प्रकाशित भएपछि आजैदेखि स्थानीय तह खारेज हुन्छन् । गाउँ विकास समितिका कामकारबाही आजैदेखि अन्तरिम भएका छन्। स्थानीय निकायलाई हटाएर संविधानअनुरुप स्थानीय तह बनेपछि आजैदेखि कार्यान्वयनमा आएको हो।

स्थानीय तहको नयाँ संरचनाअनुसार देशभरमा ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका रहने छन्। सबै स्थानीय तहमा गरी ६ हजार ६ सय ८० वडा कायम भएका छन्। यसअघि नयाँ नगरपालीकाको घोषणापछि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका कामय थिए।

२७ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २७ शुक्रवार १३:३९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...