back
NMB ad

राष्ट्रपति पदमुक्त,अब राष्ट्रपतिका सबै अधिकार नयाँ राष्ट्रपतिमा !

Kumari bank ad

दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेलाई संवैधानिक अदालतको आदेशबाट शुक्रबार पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुले सर्वसम्मत रूपमा गर्नु भएको हो ।

इजलाशको नेतृत्व गरेका कार्यवाहक प्रधानन्यायाधीश लि जुङमीले फैसला सुनाउदा संञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । कानुनतः अदालतको यो फैसला तत्काल कार्यान्वयन हुनेछ । अव पार्कले राष्ट्रपतिको सरकारी निवास ब्लु हाउस तत्काल छोड्नु पर्दछ भने राष्ट्रपतिको अधिकार सवै नयाँ राष्ट्रपतिमा सरेको छ ।

उनी अदालतको आदेशबाट पदमुक्त हुने कोरियाको एक मात्र राष्ट्रपति हुनुहुन्छ । महाअभियोग लाग्ने राष्ट्रपतिहरु मध्ये उनी दोस्रो हुन् । यसअघि सन् २००४ मा तत्कालिन राष्ट्रपति रो मोह्युनलाई पनि निर्वाचनको बेला आफ्नो पार्टीलाई समर्थन गर्न मतदाताहरुलाई आह्वान गरेको आरोपमा महाअभियोगको प्रस्ताव गरिएको थियो । तर झण्डै दुई महिनापछि उनलाई माफी दिइएको थियो । उनको कामबाट निर्वाचन कानुन उलङ्घन भएको भएपनि महाअभियोग नै लगाउनु पर्ने खालको नभएको फैसला भएको थियो ।

राष्ट्रपति पार्कलाई आफ्नो पदको दुरुपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो । गत बर्षको डिसेम्बर ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसदमा छलफल भएको थियो ।

सन् २०१६ को डिसेम्वरमा कोरियाली संसदले पार्क विरुद्ध महाभियोग लगाउने प्रस्तावलाई आवश्यक दुई तिहाई मतमार्फत प्रस्तावलाई पास गरेको थियो । यसपछि पार्कका वकीलले पार्कमाथि शक्तिको दुरुपयोग गरेको भनी लगाइएको आरोप गलत भएको भन्दै महाभियोग लगाउनु अन्यायपूर्ण भएको भन्दै अदालतमा पुगेका थिए । महाभियोग पास भएपछिका ९२ दिनवीचमा पार्कमाथिको मुद्दामा जम्मा २० वटा सुनुवाई भएका थिए । रासस÷ सिन्हवा

प्रकाशित मितिः २०७३ फागुन २७

वि.सं.२०७३ फागुन २७ शुक्रवार १४:०० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...