खाना पकाउने ग्यासको मूल्य बढ्यो,हेर्नुहोस् अब कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।

अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ ।

आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा लगातार घाटा बढिरहेकाले सामान्य रुपमा मूल्य बढाईएको बताए ।

अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा छ । अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुनेछ ।

प्रकाशित मितिः २०७३ फागुन २८

२०७३ फागुुण २८ गते ०८:४२ मा प्रकाशित

You can share this post!

आइसीसीको आग्रहमा नेपाल र केन्याबीच हुने क्रिकेटको टिकट बिक्री रोकियो

लगानीकर्ताहरु,सेयर बजारका आपराधिक गिरोहको सांगठनिक चाल पत्ता लगाउनुहोस् !

Related posts