back
NMB ad

लगानीकर्ताहरु,सेयर बजारका आपराधिक गिरोहको सांगठनिक चाल पत्ता लगाउनुहोस् !

Kumari bank ad

हरिशरण न्यौपाने,काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नभएर कतिपय फसिरहेका पनि छन् । कारण एउटा निश्चित समूह वा व्यक्तिले सेयर बजारबाट संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ ।

त्यसैले तपाई सेयर कारोबारमा सक्रिय हुनुहुन्छ भने बजारमा हुनसक्ने अनेक चालबाजीबाट बच्नुहोस् । तपाई आफैं नै सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार बन्नुहोस् । होईन भने तपाइको सम्पति सेयर बजारको कारोबारका कारण खत्तम हुन पनि सक्छ । सेयरको कारोबारले तपाईलाई उठ्नै नसक्ने गरि थला बसाउन पनि सक्छ ।

सेयर बजारमा यस्तै धेरै किसिमका अपराध हुने गर्दछन् । त्यस्तैमा एक अपराध सेयर बजारको सांगठनिक चाल पनि हो । सेयर बजारको कारोबारमा सक्रिय यसप्रकारको आपराधिक गिरोहले कुनै कम्पनीका बारेमा अनेक हल्ला फैलाएर सेयरको मूल्यलाई प्रभावित गराउँछ । यो चाल चाल्नेले या त सेयरको मूल्य घटाउने हिसाबले हल्ला चलाउन पनि सक्छ वा सेयरको मूल्य बढाउने हिसाबले हल्ला चलाउन पनि सक्छ ।

अब आयो किन यसो हुन्छ त ?

हो, यसो गर्नुको प्रमुख उदेश्य बजारमा लगानीकर्ताहरुलाई उक्त हल्ला चलाईएको कम्पनीको सेयर किन्न आकर्षित गर्नु वा बेच्न लगाउनु रहेको हुन्छ । मानिसमा अनेक हल्ला फैलाईदिएपछि डर, त्रास पैदा भएर थप सेयर किन्ने वा भएको सेयर बेच्ने दुवै कार्य हुनसक्छ । जे भएपनि हल्ला चलाउनेले राम्रै पुँजीगत लाभ लिन यसो गरिरहेको हुन्छ भन्ने चाँहि बुझ्नुपर्छ ।

त्यसपछि बजारमा अनेक हल्ला चलाईएपछि हल्लाका कारण बिक्री गर्नेको भिड भयो अर्थात् आपूर्ति बढि भयो भने माग कम हुन्छ र सेयरको मूल्य कम भएको मौका पारेर सेयर खरिद गर्ने र पछि बढि मूल्यमा बिक्री गर्ने प्रमुख उदेश्य राखेको हुन्छ । हल्ला फिंजाएर मूल्य बढाउने कोशिस भयो भने हल्ला चलाउनेले आफुसँग भएको सेयरको मूल्य बढाएर बेच्ने कार्य पनि गर्नसक्छ । बुुझ्नुपर्ने कुरा के हो भने, हल्ला फिंजाएर मूल्य बढाउँदा होस् या घटाउँदा आपराधिक गिरोहले यो चाल चालेर राम्रै पुँजीगत लाभ आर्जन गरिरहेको हुन्छ ।
प्रकाशित मितिः २०७३ फागुन २८

वि.सं.२०७३ फागुन २८ शनिवार ०८:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...