वर्षातपछि हिउँले ढाकियो चन्द्रागिरि, पर्यटक बढे

काठमाण्डौं । शुक्रबार र शनिबार वर्षातसँगै चन्द्रागिरि हिउँले सेताम्मे भएको छ।आइतबार चन्द्रागिरिको टप स्टेशनमा हिउँले ढाकेको थियो। काठमाडौंकै सबैभन्दा अग्लो स्थानचन्द्रगिरिको समुद्र सतहदेखि २५५१ मिटरमा रहेको छ । त्यसैले त्यहाँ हिउँ परेको हो।

हिउँ परेको थाहा पाएपछि यहाँ पर्यटकको चाप बढ्न पुगेकोछ । चन्द्रागिरि हिल्स लिमिटेडको चन्द्रागिरि केबलकारले फागुन महिनाभरि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला टिकट काट्ने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट दिएको थियो । छुट व्यवस्था अनुसार कूल ७ सय पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा उपलब्ध थियो । यो स्किम आजैबाट सकिएकोछ ।

३० फागुन २०७३, ११।००

२०७३ फागुुण ३० गते ११:२३ मा प्रकाशित

You can share this post!

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभीको संक्रमण

४६ लाख मानिसहरु लघुवित्तको सेवा बाहिर, सेवा पाउने ७५ प्रतिशत निस्क्रिय

Related posts