केन्यामाथि नेपालको शानदार जित, केन्या ७ विकेटले पराजित

काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले मात दियो ।

नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । नेपालले केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै खेलेको थियो ।

यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्ट टाइम स्पिनर शरद भेषावकरले चार विकेट लिदै केन्याको इनिङ धराशयी बनाएका थिए । यसैगरी मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिए ।

३० फागुन २०७३, ३।४५

२०७३ फागुुण ३० गते १५:४२ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री दाहाल चैत १० गते चीन भ्रमणमा जाने

आज सेयर बजारमा परिसूचक ६ अंकले उक्लिँदा हेर्नुहोस् के के भयो ?

Related posts