back
NMB ad

के नेपाली सेनाले कल्याणकारी कोष खर्चेर बनाउला त जलविद्युत आयोजना ?

Kumari bank ad

काठमाण्डौं । नेपाली सेनाले ५० मेगावाटको प्रस्तावित दूधखोला जलविद्युत आयोजना निर्माणमा चासो देखाएको छ । अधिकारीहरुका अनुसार आफ्नो कल्याणकारी कोष खर्च गरेर आयोजना बनाउन इच्छा व्यक्त गर्दै आएको सेनाले केही समयदेखि मनाङको ठोचे स्थित यो आयोजनामा चासो देखाउँदै आएको थियो ।

जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत विद्युत विकास विभागलाई पत्र लेख्दै २५ देखि ५० मेगावाट क्षमताको आयोजना निर्माण जिम्मा दिन माग गरेको थियो । आयोजनाका लागि हिमालयन ऊर्जा विकास कम्पनीले सर्भे लाइसेन्सका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । सरकारले सर्भे लाइसेन्स दिए दूधखोलालाई सेनाको पहिलो आयोजना रुपमा अघि बढाउने गृहकार्य गरिएको छ ।

नेपाली सेनाको कल्याणकारी कोषमा झण्डै ३२ अर्ब रुपैयाँभन्दा बढी रकम छ । ०३२ सालमा १ करोड राखेर स्थापना भएको कोषमा २०७३ असार मसान्तमा ३२ अर्ब पुगेको छ । कोषको धेरै रकम उपयोगहीन जस्तै बनेपछि ऊर्जा मन्त्रालयले सो रकम परिचालन गर्न सेनालाई प्रोत्साहन गर्दै आएको छ ।

त्यसो त, बजेट भाषणमा नै रोल्पाको १२।२५ मेगावाटको मादीखोला जलविद्युत आयोजना निर्माणको जिम्मा सेनालाई दिने घोषणा गरिएको थियो तर, यसमा अर्थ मन्त्रालयले सहमति दिएको थिएन ।

१ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १ मंगलवार ११:२५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...