back
NMB ad

भेडाको ऊन तथा मासुबाट १० करोड बढी आम्दानी

Kumari bank ad

काठमाण्डौं ।  जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । उक्त स्थानको भेडाको ऊन तथा मासुबाट १० करोड बढी आम्दानी भएको छ ।

घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुन्छ । भेडाको मासु प्रतिकिलो रु ५०० का दरले बिक्री हुने गर्छ । “वार्षिक पाँच हजार किलो ऊन उत्पादन हुन्छ,” घिमिरेले भने।

ऊनबाट स्थानीयवासीले राडीपाखीलगायत कपडा बनाएर बिक्री गर्ने गर्दछन् । गोठमा पालिएका बाख्राबाट समेत किसानले मनग्य आम्दानी गर्दैआएका छन् । घुम्ती गोठमा आठ हजार बढी बाख्रा भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । खसी बोकाको मासुबाट मात्रै बर्सेनि रु ६ करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।

जिल्लामा ८५८ घरधुरीले घुम्ती गोठमा भेडापालन गर्दैआएका छन् । घुम्ती गोठमा पालिएका भेडा अधिकांश पोखरा, काठमाडौँलगायत सहरमा बिक्री गर्न लैजाने गरेका पाइएको छ ।

४ चैत २०७३, रासस, ११।००

वि.सं.२०७३ चैत ४ शुक्रवार ११:२० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...