back
NMB ad

प्रचण्डलाई ओलीको प्रश्नःशान्तिपूर्ण राजनीतिमा बम हान्नेको भ्रममा…?

Kumari bank ad

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पश्चिमी सीमा शहर महेन्द्रनगर पुगेर प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नियतमा प्रश्न उठाएका छन् । उनले सत्तापक्षमाथि हार्ने डरले चुनावबाट भाग्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।

मेची–महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओली प्रधानमन्त्री प्रचण्डभन्दा देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भए । प्रधानमन्त्री प्रचण्ड मधेसी मोर्चाको षड्यन्त्रको बन्दी हुन लागेको भन्दै ओलीले मोर्चाको नियत बुझेर भ्रममुक्त हुन सुझाव दिए ।

स्थानीय तहको संख्या बढाउने कुरा चुनाव नगराउने षड्यन्त्र भन्दै अब समय नरहेको बताए । ओलीले भने, ‘चुनावमा आउँछन् कि भनेर संख्या बढाउने भन्नुहुन्छ तर, उनीहरुको नियत अर्कै छ । चुनावमा नआए पनि भोलि हामीले भन्ने ठाउँ हुन्छ भन्ने उनको भनाइ छ । यो चुनाव नहुने कुरा भयो ।’

आजमात्रै आफूले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर स्थानीय तहको संख्या बढाउने समय नभएकाले त्यसमा नफस्न सुझाव दिएको ओलीले सुनाए । ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, तपाई आफैं षड्यन्त्र गर्दै हुनुुन्छ कि अर्काको षडयन्त्रमा पर्नुभएको छ ’ उनले भने, ‘लोकतान्त्रिक प्रक्रिया, बहुमतको निर्णय नमान्ने र शान्तिपूर्ण राजनीतिक गतिबिधिमा बम हान्नेको भ्रममा परेर अलमल नगर्नुस् भनेको छु ।’

प्रकाशित मितिः २०७३ चैत ४

वि.सं.२०७३ चैत ४ शुक्रवार १५:१३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...