back
NMB ad

गौतमको परिवारलाई चलचित्र संघको २५ हजार आर्थिक सहयोग

Kumari bank ad

काठमाण्डौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली नागरिक गोबिन्द गौतमको परिवारलाई चलचित्र निर्माता संघ नेपालले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संघका अध्यक्ष नवल खड्का, महासचिब विमल नेपाल, सचिब मनोज श्रेष्ठलगायतका कलाकार गौतमको घरमा पुगेर उनका परिवारलाई सहयोग रकम हस्तान्तरण गरे ।

‘उहाँको परिवारलाई भेट्यौं आर्थिक अवस्था निकै नाजुक रहेछ’ , अध्यक्ष खड्काले भने, ‘भेटमा गौतमकी आमाले आजसम्म सरकारी निकायका उच्च अधिकारी कोही पनि नआएको भन्दै दुःख ब्यक्त गरिन् ।’

गौतमकी आमाले आफुहरु सुकुम्बारी भएको जानकारी दिँदै छोराको सालिक बनाइनुपर्ने, गाउँको नाम गोबिन्दपुर राख्नु पर्ने र शहीदका श्रीमती र छोरीहरुलाई जागिरको व्यवस्था गर्नुपर्ने माग राखिन् ।

शहिद परिवारलाई भेटेर आएको निर्माताको टोलीले राज्यले जिम्मा लिएन भने शहीदका छोरीहरुको पढाईको जिम्मा लिने बताएको छ । ‘यदि राज्यले ती वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं’ अध्यक्ष खड्काले भने ।

६ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ६ आइतवार ११:१७ मा प्रकाशित

You can share this post!

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...