back
NMB ad

गण्डकी र धवलागिरिमा ६५ वटा होम स्टे !

Kumari bank ad

पोखरा । घरबास (होम स्टे) कार्यक्रमको बजारीकरण एवम् क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड, पोखराको आयोजना र ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च कास्कीको सहआयोजनामा आगामी चैत २५ र २६ गते पोखरामा होमस्टे मार्ट तथा कार्यशाला–२०७३ हुने भएको छ ।

कार्यशालाका सम्बन्धमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले विशेषगरी गण्डकी तथा धवलागिरि अञ्चलमा सञ्चालनमा रहेका होम स्टेको बजारीकरण एवम् क्षमता अभिवृद्धि गरी यिनीहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यशाला आयोजना गर्न लागिएको बताए।

नेपालमा सबैभन्दा बढी ६५ वटा होम स्टे गण्डकी तथा धवलागिरि अञ्चलमा दर्ता रहेको छ । उनले कास्कीमा मात्र ३७ वटा होम स्टे दर्ता भई सञ्चालनमा रहेका कारण पोखरामा कार्यशाला आयोजना गरिएको बताए ।

ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च कास्कीका अध्यक्ष एवम् कार्यशालाका सहसंयोजक तारानाथ पहारीले कार्यशालामा ग्रामीण पर्यटनका विज्ञ एवम् सरोकारवालाबीच अन्तरक्रिया गराइनुका साथै होम स्टेको पुस्तिका निर्माण, तस्बिर तथा वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

यस आसपासका क्षेत्रमा सञ्चालन भएका सिरुवारी, घलेगाउँ, चित्रे तथा काउलेपानीलगायतका ठाउँमा होमस्टे उत्कृष्ट देखिएको छ ।

६ चैत २०७३

वि.सं.२०७३ चैत ६ आइतवार १८:२२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...