back
NMB ad

५५ जिल्लाका अध्यक्षको समर्थनसहित शेखर गोल्छाले गरे उम्मेद्वारी घोषणा

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई)को आसन्न निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष पदका लागि शेखर गोल्छाले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक कार्यक्रमबीच बुटवलबाट पदाधिकारीको प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

घोषणा सभामा महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, वर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्ष भवानी राणा तथा जिल्ला नगरका अध्यक्ष र महासंघका थुप्रै कार्यसमिति सदस्यरुको उपस्थिती रहेको थियो ।

Fncci Butwal

गोल्छाको प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट्स उपाध्यक्षमा चन्दप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । तामझाका साथ उम्मेदवारी घोषणा गरिएको सो कार्यक्रममा हेलिकप्टर र प्लेन चार्टर गरेर जिल्ला तथा नगर अध्यक्ष तथा अन्य पदाधिकारी उतारिएको थियो । गोल्छा प्यानलबाट कोषाध्यक्षमा भने ज्ञानेन्द्रलाल प्रधानलाई अघि सारिएको छ ।

आसन्न निर्वानका लागि बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले भने यस अघि नै विराटनगरबाट आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको समुहबाट जिल्ला तथा नगरमा प्रमोद श्रेष्ठ र बस्तुगतमा शंकरप्रसाद पाण्डे रहेका छन् । तर, एशोसिएट्सतर्फको भने घोषणा भएको छैन ।

प्रकाशित मितिः २०७३ चैत ६

वि.सं.२०७३ चैत ६ आइतवार १८:४३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...