back
NMB ad

दुई लेनमा मकै रोप्ने आधुनिक मेसिनको सफल परीक्षण, मात्र दुई लाख पर्ने

Kumari bank ad

वीरगन्ज । कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले मकै रोप्ने मेसिनको सफल परीक्षण गरेको छ। दुईपांग्रे पावर टिलरमा जोडेर चलाउने सकिने यो मेसिनले दुई लाइनमा एकसाथ मकै छर्न सकिन्छ।

केन्द्रले आफैँ डिजाइन, विकास र परिमार्जन गरी चार वर्षको परीक्षणपछि मेसिन तयार पारेको हो। पर्सा बेल्वाका अगुवा किसान अनिरुद्ध प्रसाद थारुको खेतमा केन्द्रले यो मेसिन चलाएर मकै रोपेको छ।

केन्द्रका प्रमुख सचिन मिश्राले यसले खेतमा मकै छर्ने लाइन-लाइनको दुरी ६० सेन्टीमिटर र बोट-बोटको दुरी २५ सेन्टिमिटरको हुने बताए। स्वदेशमै उपलब्ध औजार प्रयोग गरी यसको आविष्कार गरिएको उनले जानकारी दिए।

फलामको पत्ति, रड, चेन, वेभल गेयर आदि जडान गरेर यो मेसिन बनाइएको छ। ‘उपकरणले इनक्लाइन्ड सेल्टाई मिटरिङ प्रविधिले मकैको वीउ खसाल्छ,’ मिश्राले भने, ‘यसबाट बीउ रोप्दा सबै खर्च जोडेर प्रतिघन्टा सञ्चालन खर्च २ सय २५ रुपैयाँ मात्र पर्छ।’

पावर टिलर चलाएर एक घन्टामा ६ देखि ७ कठ्ठा खेतमा मकैको बीउ रोप्न सक्ने उनले दाबी गरे। दुई लाख रुपैयाँमा किसानले पावर टिलर किनेपछि यो उपकरणलाई त्यसमा जडान गरेर खेतमा प्रयोग गर्न सक्छ।

ठूलो ट्याक्टरको मूल्य हिजोआज १५ लाख रुपैयाँसम्म पर्न थालेकाले यो उपकरण साना तथा मझौला किसानका लागि अत्यन्त लाभदायी हुने उनको भनाइ छ। एउटा किसानले परम्परागत विधिबाट यसरी मकै रोप्दा १ दिनमा २ कठ्ठा खेतमा मात्र मकै रोप्न सक्छन्।

७ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ७ सोमवार १३:५२ मा प्रकाशित

You can share this post!

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...