काठमाण्डौं । सोमबार नेप्से ४२.१९ अंकले बढेर १४२४.३८ अंकमा पुगेको छ । आज १४० कम्पनीको कारोबार भएको बजारमा एक अर्ब २७ करोड बराबरको सेयर किनबेच भएको छ । उत्पादन बाहेक सबै समूह उकालो लागेपछि बजारमा उच्च सुधार देखिएको हो ।
वाणिज्य बैंक २९, होटल ७६, विकास बैंक ३९, जलविघुत ४४, वित्त १८ र अन्य समूह करिब दुई अंकले उकालो लागेका छन् । आज उत्पादन समूह भने ५ अंकले घटेकोछ । आज कारोबारमा आएका १४० मध्ये सात कम्पनीका लगानीकर्ताले मात्र गुमाएका छन् ।
७ चैत २०७३, ३।४४
वि.सं.२०७३ चैत ७ सोमवार १५:५५ मा प्रकाशित