back
NMB ad

गिट्टी कुटेर भविष्य हेर्दै दलित बालबालिका,पढ्न पाउने अधिकार गरिबीको महारोगले ओझेलमा !

Kumari bank ad

जाजरकोट। त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो ।

उनकी आमा वसन्ती विक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी नदीबाट बालुवा बोक्ने काम गर्छिन् । छोरीलाई गिट्टी कुटेबापत प्रतिबोरा रु ५० दिइन्छ भने आमा वसन्तीले प्रतिबोरा १०० मा बालुवा बोक्ने गर्छिन् । वसन्तीका श्रीमान् तीन महिनाअघि भारतको कार्गिल कमाई गर्न गएका छन् । भाइको हेरालोसँगै गिट्टी कुट्दै विद्यालयमा दिएको गृहकार्यसमेत गर्ने जिम्मेवारी लक्ष्मीको छ ।

बिहान उठ्नेबित्तिकै बासी रोटी धर्रोमा च्यापेर वाइकाँडा गाउँबाट वसन्तीले छोरी र छोरा लिएर यसरी नै काम गर्न थालेको एक महिना बितेको बताउँछिन् । उनी जस्तै वाइकाडाँकै दलित प्राविमा कक्षा ४ मा पढ्ने सुनिता विक भेरीमा बालुवा बोकी पढाई खर्चसँगै आमालाई सहयोग गर्छिन् । मावि औलगुत्तामा भाइलाई छोडी भेरीबाट बालुवा बोक्नु आफ्नो दैनिकी भएको सुनिताले बताइन् । बाबा कमाइ गर्न भारत गएको सुनिताको भनाइ छ । अन्य जातका साथी घरमा बिहान, बेलुका पढ्छन्, कसैले ट्युसनसमेत पढ्छन्, सुनिताले भनिन्, “हामी वाइकाँडा प्राविमा पढ्ने सबै दलित विद्यार्थी अर्काको काम गर्दै, पढ्दै गर्छौं ।”

वाइकाँडामा दलित मात्र बस्छन्, अनि त्यहाँ रहेको विद्यालयको नाम पनि दलित प्रावि नै राखिएको छ, स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले बताए । सुनिता मात्र होइन, यहाँका दर्जनौँ दलित बालबालिका दैनिक काम गरेर कमाउँदै, पढ्दै गर्ने गरेको बस्नेतको भनाइ छ ।

अभिभावक कमाइका लागि भारत जाने भएका कारण आमा अर्काको काम गरेर दैनिक गुजारा चलाउँछन् । छोराछोरी पनि आमासँगै अर्कैको काम गर्न बाध्य हुने गरेका छन् । यहाँका बालबालिकाको बालअधिकार, पढ्न पाउने अधिकार भन्ने कुरा गरिबीको महारोगले ओझेल पारेको छ । पहाडको डाँडामा रहेको वाइकाँडा बस्तीमा उब्जाउ भूमि, पर्याप्त खानेपानी नहुनु लगायतका समस्याले गर्दा यहाँका दलितको जीवनस्तरमा खस्किएको छ ।

यो ठाउँ जिल्लाका कुनै पनि सरकारी अधिकारी नपुगेको अवस्थामा जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह पहिलोपटक यो ठाउँमा पुग्दा यहाँका स्थानीयले शैक्षिक सुधारका लागि पहल गरिदिन आग्रहसमेत गरेका छन् । यो ठाउँमा रेडियो नै नसुनिने भएकाले आफूहरुले देशमा के हुँदैछ भन्नेसम्म थाहा पाउन नसकेको स्थानीय बताउँछन् । रासस

प्रकाशित मितिः २०७३ चैत ८

वि.सं.२०७३ चैत ८ मंगलवार १८:१३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...