किन्ने हो ? बैंकले १ सय रुपैंयाको ७ लाख ५२ हजार कित्ता सेयर यसरी दिंदैछ !

काठमाडौ। सेवा विकास बैंक लिमिटेडले ७ लाख ५२ हजार १५१ कित्ता हकप्रद सेयरको लिलामी गर्ने भएको छ । बैंकले संस्थापक समूहको हकप्रद विक्री हुन बाँकी सेयरका लागि लिलामी गर्ने निर्णयसहितको सूचना जारी गरेको जानकारी दिएको छ ।

उक्त हकप्रद सेयरका लागि यही चैत २४ गतेदेखि ३० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने उल्लेख छ । यो बैैंकले न्युनतम १ सय रुपैयाँ तोकेर निष्कासन गरेको हकप्रद सेयरको विक्री प्रवन्धक एनएमबी क्यापीटल लिमिटेड हो । यसको सेयरका लागि एनएमबी बै‌क तथा सेवा विकास बै‌कको केन्द्रिय कार्यालय बुटबलबाट आवेदन दिन सकेन छ ।

प्रकाशित मितिः २०७३ चैत ९

२०७३ चैत्र ९ गते १२:४४ मा प्रकाशित

You can share this post!

नुवाकोटमा एक अर्बको आलु उत्पादन

अछामको बुढिगंगामा जलयात्रा सम्भाव्यता अध्ययन

Related posts