back
NMB ad

राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्नेपर्ने

Kumari bank ad

काठमाडौ। अब समानुपातिक प्रणालीतर्फ तीन प्रतिशत पाउने र प्रत्यक्षतर्फ एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएको छ । संसद्को राज्यव्यवस्था समितिले राजनीतिक दलसम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो। समितिले पारित गरेको विधेयकमा साना पाँच दलले भने फरक मत राखेका छन्। फरक मतमा मधेस केन्द्रित दलहरु भने सहभागी छैनन्।

लामो विवादपछि राष्ट्रिय दलको मान्यता पाउनका लागि कम्तीमा कुल सदर मतको तीन प्रतिशत समानुपातिक मत ल्याउनुपर्ने व्यवस्था लागू हुने भएको हो। राजनीतिक दलसम्बन्धी ऐनको विधेयकमा काम गरिरहेको संसद्को राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले समानुपातिकमा कुल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने प्रस्ताव तयार परेको थियो।

उपसमितिको प्रस्ताव पारित भएसँगै अब तीन प्रतिशत सदर मतसँगै प्रत्यक्षमा एक सिट ल्याउनुपर्नेछ। समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिट नल्याउने दलहरुले राष्ट्रिय दलको मान्यता पाउनेछैनन्। चुनावमा पाएको मतका आधारमा संसदमा प्रवेश पनि पाउने छैनन्।

यसअघि विगत ३ महिनादेखि थ्रेसहोल्ड विवादका कारण विधेयक उपसमितिमै अल्झिएर रहेको थियो ।

प्रकाशित मितिः २०७३ चैत ९

वि.सं.२०७३ चैत ९ बुधवार १३:१९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...