काठमाडौ । अपि पावर कम्पनी लिमिटेडको विशेष साधारणसभा चैत २८ गते ट्रेड टावर थापाथलीमा हुँदैछ । कम्पनीले यसका लागि चैत १५ देखि २८ सम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले दोस्रो विशेष साधारणसभाका लागि बुक क्लोज गर्न लागेको हो । कम्पनीले सभामा दुई सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव लैजाँदैछ ।
प्रस्तावित हकप्रदबाट प्राप्त हुने दुई अर्ब १० करोड रुपैयाँमध्ये एक अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेड र एक अर्ब १० करोड रुपैयाँ कम्पनीले निर्माण गर्ने विभिन्न सोलार आयोजनामा खर्च गर्ने कम्पनीको प्रस्ताव छ । यसबारेमा विशेष साधारण सभामा छलफल हुने बताईएको छ ।
प्रकाशित मितिः २०७३ चैत १०
वि.सं.२०७३ चैत १० बिहीवार १५:०५ मा प्रकाशित