back
NMB ad

अमेरिकी डलर डेढ वर्षयताकै सस्तो, एक डलरको भाउ १०४ रुपैयाँ

Kumari bank ad

काठमाडौ। भोलि आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर)तोकेको छ। यो ०७२ भदौ ३ गतेयताकै सस्तो हो। ०७२ मदौ ३ गते एक अमेरिकी डलरको विनिमयदर एक सय चार रुपैयाँ ४० पैसा थियो।

त्यस्तै आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर एक सय ५ स्पैयाँ तोकेको छ। पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर कमजोर बन्दै गएको छ। डलर कमजोर बन्दै गएपछि स्वदेशी मुद्रा बलियो देखिएको हो। तर, स्वदेशी अर्थतन्त्रमा उल्लेख्य सुधार भएकाले रुपैयाँ बलियो भएको नभई भारतीय अर्थतन्त्रमा देखिएको सुधार भएको विज्ञहले बताएका छन्।

भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेका कारण अमेरिकी डलरको तुलनामा भारु बलियो हुँदा नेरु पनि बलियो देखिएको हो। खासगरी भारतको विधानसभा चुनावमा उत्तरप्रदेशमा भारतीय जनता पार्टीको गठबन्धन निर्वाचित भएसँगै त्यहाँको अर्थतन्त्र सुधार अडकलबाजी गरिएको छ। यसबाट भारतीय मुद्रा बलियो हुँदै गएको हो।

अधिकांश भागमा प्रकानमन्त्री नरेन्द्र मोदीकै दल भाजपाले जितेपछि उनी नेतृत्वको सरकार बलियो हुने भएकाले आर्थिक सुधारको गति तीब्र हुने अपेक्षा गरिएको छ। विधानसभामा भाजपाको बहुमत हुने देखिएपछि पुनः मोदीकै सरकारले निरन्तरता पाउने अडकलबाजीहरू गरिएका छन्। यसो भएमा भारतमा राजनीतिक स्थिरा आउने अनुमान गरिएको छ।

यस्तो अवस्था आएमा अहिले सरकारसमक्ष पेस भएका आर्थिक सुधारका लागि आवश्यक नीतिहरू पारित गर्न सजिलो हुनेछ। यसबाट भारतको आर्थिक गतिविधि अभिवृद्धि हुनुका साथै विदेशी लगानी बढ्ने विश्वास गरिएको छ। कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७३ चैत १२

वि.सं.२०७३ चैत १२ शनिवार ११:३४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...