back
NMB ad

नेपालको पर्यटन प्रबद्र्धन गर्दै सोट्टो नेपालको टोली रसिया र फिनल्याण्डमा

Kumari bank ad

काठमाडौं । आन्तरिक तथा वाह्य दुबै किसिमको पर्यटन प्रबद्र्धन गर्दै आएको सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालको टोली वाह्य पर्यटन प्रबद्र्धनका लागि अहिले रसिया–फिनल्याण्ड सेल्स मिसन–२०१७ अभियानअन्तर्गत त्यहाँ रहेको छ ।

मार्च २४ देखि अप्रिल ५ सम्म अर्थात् १२ दिने सेल्स मिसनमा रसिया र फिनल्याण्डका विभिन्न सहरमा नेपाल प्रबद्र्धन गरिने सोट्टो–नेपालका महासचिव नारायण पराजुलीले जानकारी दिए । उनले रसियाको राजधानी मस्को, सेन्ट पिटर्सबर्ग र एकाटेरिङबर्गमा कार्यक्रम गरिने र फिनल्याण्डमा राजधानी हिलसिन्कीमा नेपालको पर्यटन प्रबद्र्धनसम्बन्धी कार्यक्रम राखिने बताए ।

उक्त टोलीले नेपाल प्रबद्र्धन गर्ने विभिन्न डिभिडी, ब्रोसर, पम्प्लेटका साथ विभिन्न कार्यक्रम गर्नेछन् ।उक्त प्रबद्र्धनात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधिसहित २५ ट्राभल व्यवसायीहरुको सहभागिता रहेको छ ।

यसक्रममा एनआरएन, नेपाली राजदूतावासका प्रतिनिधिहरुलगायतसँग भेटघाट गरी नेपालको पर्यटन प्रबद्र्धनमा उनीहरुको सहभागीतालाई अझै उजागर गर्ने सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यामबहादुर खड्काले बताए । सोही अवसरमा बीटूबी कार्यक्रमकोसमेत आयोजना गरिनेछ ।

प्रकाशित मितिः २०७३ चैत १२

वि.सं.२०७३ चैत १२ शनिवार १५:१० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...