back
NMB ad

हाम्रो पुरै प्यानलले महासंघको चुनाव जित्छ !

Kumari bank ad

४० वर्षको व्यवसायीक अनुभव र ९ वर्ष नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा रहेर कार्य गरिसकेका उमेशलाल श्रेष्ठले आगामि नयाँ कार्यकारिणी समितिको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा समूहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । हाल महासंघको उद्योग समितिको सभापतिसमेत रहेका श्रेष्ठ उद्योगी व्यवसायीको समस्या समाधान गर्दै आर्थिक समृद्धिका लागि अगाडि बढ्ने योजना सहित आफूले उम्मेदवारी दिएको दाबी गर्छन् । क्वेष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक श्रेष्ठ नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष समेत हुन् ।

नेतृत्व गर्छु भन्नेहरुले नेतृत्व खोज्नु पर्छ, त्यहि हिसाबले मेरो उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी चहलपहलको यो क्षणमा मेरो सबैलाई शुभकामना छ । हामी एक अर्का साथीहरु आज प्रतिष्पर्धामा उत्रिएपनि मेरो मान्यता भनेको चैत २९ गते पछि पनि हामी साथीहरु आज जस्तो सम्बन्धमा छौं उस्तै रहनुपर्छ । हाम्रो मित्रभावमा समस्या आउने कुनै पनि काम कसैले गर्नुहुन्न । एउटा कुरा उद्योग वाणिज्य महासंघको नेतृत्व खोज्नु स्वभाविक र सामान्य कुरा हो । नेतृत्व गर्छु भन्नेहरुले नेतृत्व खोज्नु पनि पर्छ । त्यहि हिसाबले उम्मेदवारी दिएको हो ।

मैले सबैका समस्या समाधान गर्ने र सबैलाई राम्रो गरेको छु भन्ने लाग्छ

म महासंघमा उद्योग समितिको सभापतिकोरुपमा रहेर काम गर्दा हामीले उद्योगी व्यवसायीको प्रतिनिधि भएर उहाँहरुका मर्का, समस्याका बारेमा विभिन्न निकायमा छलफल गरेका छौं । त्यसपछि एफएनसिसिआईमा आएर हामीले ती विषयहरुलाई अभिलेख राख्न शुरु गर्यौं । साथीहरुलाई संगठीत गर्दै समस्या बुझ्ने र समस्या समाधानमा लाग्यौं जस्तो लाग्छ । मैले सबैलाई राम्रो गरेको छु भन्ने लाग्छ । हरेक समर्थकले म तपाईलाई समर्थन गर्छु भन्छन्, मलाई पनि सबै मेरै हुन जस्तो लाग्छ । मलाई उहाँहरुको विश्वास छ ।

मैले गर्ने सक्ने कुरा भनेको देशको अर्थतन्त्र सुधार गर्ने नै हो

यहाँ विभिन्न हल्ला हुन्छन् र हल्ला गर्न नेपालमा छुट छ । राजनीतिकरुपमा भन्नुपर्दा म कुनैपनि राजनीतिक दलको व्यक्ति होईन । विशुद्ध व्यवसायीक क्षेत्रमा लागेको छु । माता पिताका कारण कसैले राजनीतिक अनुमान गर्नुलाई पनि म बेठिक मान्दिन । तर म व्यवसायीकरुपमा नै आजसम्म अगाडि बढिरहेको छु । मलाई विभिन्न अवसर आउँदा पनि राजनीतिमा जान मन लागेन र गईन । २०४८ सालमा चुनाव लड् भन्ने अवसर आयो मैले राजनीति गरेर खाने कहिल्यै भनिंन । संबिधानसभाका बेला समानुपातिक सभासदमा लैजाने भनिएपनि मैले इच्छा देखाईन । मैले गर्ने सक्ने कुरा अथवा नीति भन्नोस् या अरु, त्यो भनेको देशको अर्थतन्त्र सुधार गर्ने नै हो ।

आर्थिक सुधार गर्न आफैंबाट लागि परेर राष्ट्रको सुधार गर्न सकिन्छ

अब देशको अर्थतन्त्र सुधार गर्न राम्रो काम गर्ने हो । अर्थतन्त्रलाई टेवा दिने हो । साथै महासंघ जस्तो संस्थामा लागेर सामूहिकरुपमा यसलाई उकास्ने हो । आर्थिक सुधार गर्न आफैंबाट लागिपर्ने हो, हामी सबैको सुधार भयो भने राष्ट्रको सुधार हुन्छ भन्ने मेरो मान्यता छ ।

हामी उद्योगीको एउटै एजेण्डा आर्थिक विकासमार्फत देशको उन्नती र विकास

हामी सबै उद्योगी, व्यापारीको एजेण्डा एउटै छ, त्यो हो आर्थिक विकासमार्फत देशको उन्नती र विकास गर्ने । र म भन्छु हामी सबैको उदेश्य त्यहि हुनुपर्छ । त्यो भन्दा फरक उदेश्य हुनुहुँदैन ।

सर्भे गर्नुहोस् हाम्रो पुरै प्यानलले महासंघको चुनाव जित्छ

मलाई विश्वास छ यसपालीको टिममा हामी सबै पदाधिकारी हाम्रो पुरै प्यानल (शेखर गोल्छा) को एउटै टिमले जित्ने कन्डिसनमा छौं । यो उम्मेदवारको उद्घोषण होईन । हाम्रो साथीहरु बीचको सर्भे गर्नुभयो भने यहि पाउनुहुनेछ । बिरालो बाँध्न जस्तो चुनाव त हुन्छ । तर के हो भने हामी सबै सँगै मिलेर काम गर्दा महासंघको उदेश्य पूरा हुनेछ । हाम्रो सबैलाई अनुरोध छ, हाम्रो टिमका कसैलाई पनि नछुटाईदिनोस् । हामी सचिवालय बलियो बनाउँछौं र राम्रो काम गर्छाैं ।

महासंघले विज्ञ समूह राखेर उहाँहरुमार्फत हाम्रो कुरा सरकारसमक्ष राखेमात्र सरकारले सुन्छ

हामी महासंघमा जागीरे होईनौं, स्वयसेवी सेवा दिने हौं । भोलेन्टियर सर्भिस दिने हो । यसकारण पूरा समय दिन सकिंदैन । महासंघमा हामीले हाम्रो लागि बोल्दैनौं । हामीले बोल्दा उद्योगीले निजी कुरा गर्यो भन्नेपनि हुन्छ । त्यसैले विज्ञले बोलिदिनुपर्छ । अहिलेसम्म हामीकहाँ विज्ञहरुले बोल्नुपर्ने कमि छ । हामीसँग थिङ्क ट्याङकहरु छैनन् । त्यसैले महासंघले थिङ्क ट्याङकहरु राखेर उहाँहरुका मार्फत हाम्रो कुरा राख्नुपर्छ अनिमात्र सरकारले सुन्छ । हामी नेतृत्वमा पुगेपछि निजी उद्यमी व्यवसायीका कुरा सरकारले सुन्ने वातावरण बनाउँछौं ।

विना कालो चश्माले हेर्नुस् न हामीलाई कालो देख्नुहुन्न

म सबै सरकारी निकायका मानिसलाई भन्छु सर हामी आउनासाथ तपाईहरु कालो चश्मा किन लगाउनुहुन्छ ? विना कालो चश्माले हेर्नुस् न हामीलाई कालो देख्नुहुन्न । हामी कतै छिर्नासाथ कालाबजारी, बदमास, चण्डाल आईपुग्यो भनेर सोचिहाल्छन् । सायद नेपालको कर्मचारीतन्त्रमा म भएको भने पनि त्यहि गर्थे होला । किनकि हरेक कानुनका प्रस्तावना नै नकारात्मक छन् । सबै ऐन हेर्नुस चोरी, बदमासी गर्नेलाई कानुन भनिएको हुन्छ । अरु देशमा सबै ऐन, नियम , कानुन सकारात्मक हुन्छन् । हामी यतातर्फ केन्द्रित छौं ।

चुनावमा खर्च हुन्छ तर सहि सदुपयोगका लागि खर्च गर्नुपर्छ

नेपालमा नीजि क्षेत्रले राजनीति गर्यो प्लेन चार्टर गर्ने, हेलिकोप्टर चढ्ने कुरा गर्यो भनिन्छ । म भन्छु आवश्यकताअनुसार हिंड्नुपर्छ । मानौं मलाई बैतडी जानुपर्यो, समय बचत पनि गर्नुछ । हामीसँग जे माध्यम छ त्यसमा जानुपर्यो नि ? आजभन्दा २० वर्ष अगाडि जहाज थिएन चढिन्न थियो होला । म यति भन्छु चुनावमा खर्च हुन्छ तर सहि सदुपयोगका लागि खर्च गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

वस्तुगतसंघको क्षमता विस्तारसँगै यसको व्यवस्थापन गर्छाैं

वस्तुगतमा कुरा गर्दा हामीले सबै वस्तुगत परिषद्को तथ्याँक राख्ने काम गरेका थियौं । र त्यसलाई सार्वजनिक पनि गरेका थियौं । कुनै पनि व्यक्तिले उद्यम गर्नको लागि त्यो तथ्याँकको प्रयोग गर्न सक्नेगरी अगाडि बढाउँछौं । वस्तुगत संघको व्यवस्थापनमा मेरो जोड छ । नयाँ समूहमा छलफल भएको त छैन तर एफएनसिसिआईको पछाडीको जग्गामा वस्तुगत संघहरु राख्न सक्ने व्यवस्था गर्छाैं । जो–जस्को ठूलो आर्थिक हैसियत या सबल नभएका संंघहरुको उत्थान गर्छाै । वस्तुगतसंघको क्षमता विस्तार गर्ने काम गर्छाै र यसको व्यवस्थापन गर्छाैं । संघसंगै सबैका समस्या समाधान गर्न भूमिका खेल्नेछु ।

पूर्व अध्यक्षहरुको सल्लाहबमोजिम अगाडि बढ्छु

यहाँ इच्छाहरु जागृत हुनु नराम्रो कुरा होइन । कुनै पनि संस्थामा आफू पुग्नलाई धैर्य र संयम चाहिन्छ । सबैसँग यो कुरा हुनुपर्छ । जस्तो एक स्विमरले हरेक बेला करेन्टमा स्विम गरेर एकैनास पारी तर्छु भनेर सक्दैन । परिस्थिति बुझेर पौडी खेल्नुपर्छ । यहाँ पूर्व अध्यक्षहरु सबैको साथ छ । उहाँहरु स्वतन्त्र हुनुहुन्छ । उहाँहरुसँग सल्लाह गर्छु । उहाँहरुको सल्लाहबमोजिम अगाडि बढ्छु ।

साँचो कुरालाई स्थापित गराएरै छाड्छु

महासंघको चुनावपछि पनि त हाम्रो जिन्दगी छ नि ! अहिले गालीगलौच गरेर अरुलाई सक्याइदिने काम कोहि कसैले गर्नु हुँदैन । चुनावपछि भेट्दा दुई व्यक्तिहरु एकले अर्काको अनुहार नै नहेर्नेजस्तो व्यवहार गर्नुहुँदैन । कुनै साथीहरु पनि भ्रममा छैनन् । म कुनै कुरा लुकाउँदिन । मैले सोचेको साँचो हो भने म त्यो साँचो कुरालाई स्थापित गराएरै छाड्छु । तर कसैले सूर्य पश्चिमबाट उदाउँछ भनेर भन्यो भने म त्यो मान्दै मान्दिन । राम्रो कामका लागि नै म अगाडि बढ्नेछु ।

त्यसोभए तपाईको उम्मेदवारी किन ?

हामी एउटा एजेण्डा लिएर हिंडेका छौं । त्यो भनेको सम्पूर्ण उद्यमी व्यवसायीको एजेण्डा एउटैमात्र हुनुपर्छ भन्ने मेरो मान्यता छ । अब मलाई साथीहरुले किन छान्ने त ? वास्तवमा मेरा पुराना रेकर्डहरु हेर्ने हो । मेरो आफ्नो व्यक्तिगत जीवनमा के–के छन् ? मैले कसरी उन्नती या अवनती गरे । यो मान्छे ट्रष्टवर्दी छ कि छैन ? त्यहाँबाट हेर्ने हो । मेरो चालिस बर्षको व्यवसायीक जीवनमा म कसरी अगाडि बढें ? मैले एफएनसीसीआई रहेर ९ वर्षको दौरानमा कति काम गरें । एफएन्सीसीआईका कामलाई कति महत्व दिएं । साथीहरुको समस्यामा कति साथ दिएं । व्यक्तिगत तवरले मूल्याँकन गरिदिनोस् ।

मलाई यहाँ कांग्रेस, एमाले वा अरु भन्दा पनि व्यवसायीकरुपमा कसरी अगाडि बढ्ने मेरो चिन्ता हो । ९९ जनामा करिब ८० जनासँग कुरा गरिसकेंको छु । चुनावमा कसैले नाई भन्दैन । उमेशजी तपाई नै हो भन्छन् । त्यो उहाँहरुको कुरा गरेको स्टाईलमा उहाँहरु मेरो व्यक्तिगत काम कारबाही प्रति र उद्योग वाणिज्य महासंघभित्रको काम कारबाहीप्रति उहाँहरु सबैलाई मैले खुसी दिएको छु जस्तो लाग्छ । त्यसैले गर्दा मेरो जित सुनिश्चत छ जस्तो लाग्छ  । (फोटो गुगलबाट)

(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ चैत १३

वि.सं.२०७३ चैत १३ आइतवार ०९:५४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...