back
NMB ad

विश्वकै शक्तिशाली नेता, जो साधारण परिवारबाट आए र विश्व हल्लाए

Kumari bank ad

न्युयोर्कस्थित फोब्र्स पत्रिकाले केही महिना अगाडि वर्षका शक्तिशाली नेताहरुको सूची सार्वजानिक गरेको थियो । गएको वर्ष जस्तै यो वर्ष पनि संसारकै शक्तिशाली नेताको रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगाडि आएका छन् । ६४ वर्षीय पुटिन चौथो पटक शक्तिशाली नेताका रुपमा चुनिएका हुन् ।

भ्ल्यालिमिर पुटिनको जन्म सन् १९५२ अक्टुबर ७ मा रसियाको लेनिनग्राडमा भएको थियो । उनले एक पटक भनेका थिए कि ‘म एउटा सामान्य परिवारबाट आएको हुँ, र मैले सामान्य भएर नै आफ्नो जीवनको लामो समय व्यतित गरें । मैले औसत, साधारण मानिस जसरी जीवन बिताएँ र मैले सधैं त्यो प्रकारको अवस्था निर्वाह गरिरहेकोछु ।’

पुटिनका बाबु कारखानामा मजदुरी गर्दथे भने आमा गृहिणी थिइन् । पुटिनको व्यक्तिगत वेवसाइटमा उनले आफूहरुले अत्यन्त साधारण खाना खाएर हुर्किएको बताएका छन् । जसमा बन्दाको सुप र पाउरोटी प्रमुख हुन्थ्यो । उनकी आमा घरकै काममा व्यस्त हुन्थिन् । तर बिदाको दिन भने उनले मिठा मिठा परिकार बनाउँथिन् जुन पुटिनलाई असाध्यै मन पथ्र्यो । पुटिन सानैदेखी झगडालु थिए र उनको प्रायः झगडा परिरहन्थ्यो । ठूला व्यक्तीसँग झगडा गर्दा पिटाई खान थालेपछि पुटिन जुडोतर्फ आर्कषित भए । उनी जुडोका ब्ल्याकबेल्ट खेलाडी हुन् ।

उनी पढाईमा रुचि राख्दैनथे तर ६ कक्षा पुगेपछि मात्र उनलाई केही गर्नुपर्छ र त्यसका लागि पढाईमा राम्रो अंक ल्याउनुपर्छ भन्ने लाग्न थाल्यो । उनी सोभियतको गुप्तचर विभागमा जागिर खाने लक्ष्यसाथ अगाडि बढेका थिए । त्यतिबेला उनलाई पाइलट पनि हुन मन थियो भने पानी जहाजमा घुम्दै हिंड्ने सेलर पनि बन्न मन थियो ।  तर उनले रुसको गुप्तचर संस्था केजीबीको लागि काम गरे । सन् १९९१ मा सो संस्थाबाट रिटायर्ड भएपछि राजनीतिमा लागेका उनी छोटो समयमा नै राजनीतिक यात्रा कायम गर्ने नेता हुन् ।

सत्तामा आएदेखि नै पुटिनले आफ्नो खानपानमा अत्यन्त ध्यान दिन थालेका छन् । उनी आइसक्रिमका पारखी पनि हुन् । खाना खाइसकेपछि उनलाई सधैं आइसक्रिम चाहिन्छ । जस्तोसुकै जाडोमा पनि खाना खाएपछि उनी आइसक्रिम खोज्छन्।

घडी पारखी पुटिन घडी फेरिरहन असाध्यै रुचाउँछन्। यसरी फेरिएका घडी अनिवार्यतः गुणस्तरीय र महँगा हुन्छन्। यो उनको पुरानो सोख हो। सन् २०१२ मा पुटिनको निजी संग्रहमा करिब साढे चार लाख पाउन्ड बराबरको घडी रहेको पुष्टि भएको थियो। यो मूल्य भनेको उनको वार्षिक तलबको करिब छ गुणा बढी हो।
त्यस्तै उनलाई कुकुरको शौख पनि छ । उनीसँग बुल्गेरियन शेफर्ड, युमे नामको जापानी कुकर सहित अन्य थुप्रै कुकुरहरु रहेका छन् ।

Related image

राष्ट्रपतिका रुपमा सुरुआती दुई कार्यकालमा पुटिनले पर्याप्त मात्रामा ग्याँस र तेल बेचेर रुसको अर्थतन्त्र बलियो बनाएका थिए । उनले अधिकांश रुसीहरुको जीवनशैलीमा सुधार ल्याए । उनले रसियाको जिडिपी २४ सय अमेरिकी डलरबाट बढाएर १२ हजार डलरभन्दा बढीमा ल्याएका छन् । उनले रसियाका जनतालाई मात्र धनी बनाएका छैनन्, उनीसँग बिल गेट्सको भन्दा दुई गुणा बढी सम्पत्ति भएको अनुमान गरिएको । तर, यसबारेमा यथर्थाता खुलेर आउन सकेको छैन ।

रुसी मिडियाका अनुसार लामो समय रुसमा सत्ता सञ्चालन गर्दा पनि पुटिनको लोकप्रियता अझै ८० प्रतिशतभन्दा माथि छ । उनले सन् २०२४ सम्म सत्ता संचालन गर्ने अनुमान गरिएकोछ ।

१६ चैत २०७३, एजेन्सीको सहयोगमा, ५।००

वि.सं.२०७३ चैत १६ बुधवार १३:२९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...