काठमाण्डौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बिराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यी तीन संस्थाले आठ महिना अघि एक्विजिसन सम्झौता गरेका थिए ।
बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने गरी यी तीन संस्था एक्विजिसनमा जान लागेका हुन् ।
तीन वटै संस्थाले बितरण गरेको बोनस सहित अब बन्ने प्राइम बैंकको चुक्ता पूँजी छ अर्ब ३२ करोड रुपैंया पुगेको छ ।
१७ चैत २०७३, ७।००
वि.सं.२०७३ चैत १७ बिहीवार ०६:५३ मा प्रकाशित