back
NMB ad

भारतबाट थप १ सय ४५ मेगावाट विजुली आउने,अब देश लोडसेडिङमुक्त हुन्छ त ?

Kumari bank ad

काठमाडौ । भारतले नेपाललाई १ सय ४५ मेगावाट विजुली उपलब्ध गराउने भएको छ। हालै निर्माण सम्पन्न भएको कटिया–कुशाह र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट उक्त बिजुली उपलब्ध गराउने तयारी भएको भारतको उर्जा मन्त्रालयले जनाएको छ।

केही दिन अघि भारतस्थित नेपाली दूतावासले सो दुई प्रसारण लाइनबाट सकेसम्म छिटो बिजुली दिन आग्रह गरेको थियो । उक्त दुई प्रसारण लाइनको निर्माण अघिल्लो महिना नै सकिएपनि भारतले ढिलाई गरिरहेका कारण नेपालले छिटो विजुली दिनका लागि आग्रह गरेको थियो । प्रशासनिक तहमा ढिलासुस्ती भएपछि नेपाली दूतावासले भारतीय उर्जामन्त्री पियुष गोयलको ध्यानाकर्षण गराएको थियो। भारतको उर्जा मन्त्रालयले बुधबर भारत अब बिजुली आयात गर्ने मुलुकबाट बिजुली निर्यात गर्ने मुलुक भएको सन्दर्भमा प्रकाशित गरेको विज्ञप्तिमा नेपालतर्फको विजुली निर्यात छिटै १ सय ४५ मेगावटले बढ्ने उल्लेख गरेको हो। सोही विज्ञप्तिमा उल्लेख गरिए अनुसार भारतले छिमेकी मुलुकसंगको क्रसबोर्डर प्रसारण लाइन निर्माणलाई तिव्रता दिएको र निर्यात अझ बढ्ने बताइएको छ । बुधबारबाट भारतले आफूले आयात गर्ने भन्दा बढी बिजुली अन्य मुलुकमा निर्यात गर्न थालेको बताएको छ।

हाल काठमाडौं लोडसेडिङ मुक्त भएको र भारतले तत्काल बिजुली दिएमा अन्य प्रमुख शहरमा समेत लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणको भनाई रहेको छ । दुई प्रसारण लाइनबाट बिजुली लैजानको लागि वार्ता गर्नका लागि प्राधिकरणको एक टोली छिटै भारतको भ्रमणमा आउने भएको छ । भारतीय उर्जा मन्त्रालयका अनुसार १२ भन्दा बढी क्रस बोर्डर प्वाइन्टबाट भारतले नेपालमा १ सय ९० मेगावट बिजुली निर्यात गरिरहेकोमा सन् २०१६ मा ढल्केभर–मुजफपर लाइनको निर्माणपछि थप १ सय ४५ मेगावट बिजुली नेपाल निर्यात गरेको थियो।

भारतले भुटानबाट बिजुलीको आयात गर्ने गर्दछभने नेपाल बाहेक बंगालादेश र म्यानकारमा निर्यात गर्ने गर्दछ । पछिल्लो समयमा नेपाल र म्यानमारमा हुने बिजुली निर्यात निकै बढेको भारतको उर्जा मन्त्रालयले जनाएको छ । पछिल्लोपटक म्यानमारमा बिजुली निर्यातका लागि भारतले प्रसारण लाइनहरुको निर्माण कार्यलाई तिव्रता दिएको छ । पछिल्लो समयमा नेपाल र भारतको बीचमा भने मुल्यको बारेमा कुरा मिलिसकेको छैन् । सन् २०१५ भन्दा अगाडि नेपालले निकै महंगो दरमा भारतबाट बिजुली किनिरहेको थियो भने पछिल्लोपटक मुल्यमा केही कमी आएको छ। कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७३ चैत १७

वि.सं.२०७३ चैत १७ बिहीवार ०७:५५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...