back
NMB ad

कुलमान घिसिङले पाउने भए ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’

Kumari bank ad

काठमाण्डौं । हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । मुलुकलाई  लोडसेडिङ मुक्त गर्नको लागि आफ्नो प्राविधिक ज्ञान तथा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै सम्मान गर्न लागेका हो ।

त्यस्तै हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा। हरिमान श्रेष्ठलाई प्रदान गर्ने भएको छ । जलविद्युत् क्षेत्रमा लामो समयदेखि  निरन्तर क्रियाशीलता तथा योगदानको कदर गर्दै प्रदान गर्न लागेको हो । डा। हरिमान श्रेष्ठले सन् १९६६ मा मस्को पावर इन्स्टिच्युटबाट आफ्नो जलस्रोत सम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३,००० मेगावाट रहेको पत्ता लगाएका थिए ।

अवार्ड छनोटका लागि अवार्ड मूल्यांकन समितिको अध्यक्षमा सूर्यमान शाक्य, भिजिटिङ फ्याकल्टी, काठमाडौं विश्वविद्यालय छन् । त्यस्तै खड्गबहादुर विष्ट, निवर्तमान अध्यक्ष, इपान, एनआरएनएका निवर्तमान अध्यक्ष जीवा लामिछाने, हाइड्रो नेपाल जर्नलका प्रधान सम्पादक उपेन्द्रदेव भट्ट र हाइड्रो नेपालका संस्थापक राजेन्द्रप्रसाद थान्जु रहेका छन् ।अवार्डमा प्रशंसापत्र, ट्रफीको छिट्टै एक विशेष कार्यक्रम गरी प्रदान गरिने छ ।

१८ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १८ शुक्रवार १२:२९ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...