back
NMB ad

फेवाताल देखि राराताल ʽलेक टू लेकʼ कार्यक्रम आवश्यक !

Kumari bank ad

मुगु । मुगु जिल्लाको रारा ताल नजिकै पिना गाविसमा म जन्मिएका गोपाल बम मुगु जिल्लाकै पहिलो पर्यटन व्यवसायी हुन् । राराताल परिसरमा होटल संचालन गरी विगत १७ वर्षदेखि पर्यटकलाई सेवा दिंदै आएका छन् ।

पहिले मुगुको सदरमुकाम नै रारा

म सानो छँदा रारामा २ वटा ठूला गाउँ थिए । हामी रारा हेर्न जान्थ्यौं । पहिले मुगुको सदरमुकाम रारामै थियो भन्दथे । पछि गमगढी सारियो । २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भयो र २०३४ सालतीर त्यहाँका २ गाउँका बासिन्दालाई नेपालगंजमा सरकारले बसाई सार्यो । उहाँहरु अहिले नेपालगंजको चिसापानी गाभर भ्यालीमा बस्छन् । पहिले पहिले मानिसले बुझेका थिएनन् । तालको बारेमा पहिले प्रचार पनि थिएन । त्यतिबेला कमैमात्र पर्यटकहरु ताल हेर्न आउँदथे ।

Rara Lake @ Arthatantra (6)

 

Rara Lake @ Arthatantra (25)राजा महेन्द्रले राम्रो लागेर तालको नाम नै महेन्द्रताल राखे

२०२० सालमा राजा महेन्द्र आएर रारामा बसेका थिए । त्यसपछि तालको नाम नै महेन्द्र ताल भनेर राखेका थिए । वास्तवमै पर्यटकीय क्षेत्रको उत्कृष्ट गन्तव्य राराताल हो ।

मानिस नआउँदा दिनभर ताल हेरेर बस्नुपर्दथ्यो

रारातालमा २०४६/४७ पछि मानिसहरु आउनेक्रम बढ्न थालेको थियो । त्यसपछि द्धन्दका कारण पर्यटक आउनेक्रम भएन । होटलमा मानिस आउँदैनथे । दिनभर ताल हेरेरमात्र बस्नुपर्दथ्यो ।

 

विगतको तुलनामा हजारौं गुणाले पर्यटकको आगमन

२०५८ पछि रारा महोत्सव भयो । लगतै दोस्रो महोत्सव पनि भयो । सडकबाटोले पनि जोडियो । नजिकै रहेको एयरपोर्ट पनि पिच भयो । विगतको तुलनामा अहिले यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको संख्या हजारौं गुणाले बढेको छ । पहिले वार्षिक ६ सय देखि ६ सय ५० पर्यटकहरु रारा आईपुग्नेमा अहिले वार्षिक हजारौं पर्यटकहरु रारासम्म आउने गरेका छन् । यसमा २०७३ भदौ ३० देखि साताव्यापी लामो सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालले गरेको प्रबद्र्धनात्मक कार्यको महत्वपूर्ण योगदान रहेको छ ।SOTTO PHOTO  (2)

विश्वमै नपाईने असला माछा रारा तालमा मात्र पाईन्छ

रारा ताल आफैंमा विशाल र सुन्दर छ । शुद्ध पानी छ । रारा रामसार सूचिमा पनि सूचिकृत छ । यहाँ विश्वमै नपाउने असला माछा पाइन्छ । यसलाई सिजनका बेला देख्न सकिन्छ । विश्वमै नपाउने एक प्रजातीको भ्यागुता रारा तालमा पाईन्छ । राष्ट्रिय निकुञ्जको वरपर रेड पाण्डा, कस्तुरी, झारल, घोरलदेखि लिएर संरक्षित जनावर र चराचुरुङगी हेर्न पाईन्छ । कालिज, डाँफे लगायत चराहरु हेर्न सकिन्छ ।

धार्मिक हिसाबले महादेवको बासस्थान भएको स्थान हो रारा

यस तालमा हाँस बस्छ । मानसरोवरबाट असोज, कार्तिक, मंसिरमा थप हाँसहरु आउँछन् । त्यो हेर्न पाईन्छ । तालको नजिकै महादेवको मन्दिर छ । धार्मिक दृष्टिकोणले पनि महादेवको बसोस्थान रहेको तालको रुपमा राराताललाई चिनिन्छ ।

रारातालको एकफन्को परिक्रमा गर्न करिब ७ घण्टा हिड्नुपर्छ

६/७ घण्टामामात्र यो तालमा एकफन्को परिक्रमा गर्न सकिन्छ । म्याराथुन दौडनेले एक÷डेढ घण्टामा सक्छन् । डुंगामा सयर गर्ने हो भने एक किनाराबाट अर्काे किनारा पुग्न ४० मिनेट देखि एक घण्टासम्म लाग्दछ । यहाँ आउनेहरुलाई बढिभन्दा बढि मनोरञ्जन दिने हो भने धेरै भन्दा धेरै डुंगाको व्यवस्थापन गर्न जरुरी छ ।

व्यवसाय सुरु गरेपछि १४ वर्षसम्म घाटा खाए !

१४ वर्षसम्म व्यवसाय नाम मात्रैमा सिमित भयो । केहि नाफा थिएन । १६ वर्षदेखि भाडामा लिएर काम गरिरहेको रारातालको छेउमा छु । वास्तवमा नेपाल सरकारले निकुञ्ज प्रवेश गर्दा बिदेशीसँग कर लिन्छ । मैले व्यवसाय गर्नु अगाडि कर तिरेर आएका पर्यटक बस्ने ठाउँ नहुँदा अलपत्र हुने गर्दथे । सेनासँग कसैको चिनजान रहेछ भने उनीहरुका साथ बस्ने, वार्डेनले आफ्नै कार्यालयमा सुताउनुपर्ने बाध्यता थियो । यी अप्ठ्यारालाई मध्यनजर गरेर विभागको स्विकृतिमा टेन्डरका आधारमा काम गरिरहेको छु । द्धन्दको बेला त भाडा तिर्न पनि मुश्किल पर्यो । घाटामा भएपनि रारामा पर्यटकलाई राख्ने एकमात्र स्थान र अरु विकल्प नहुँदा यो होटेल संचालन गर्दै आएं । पर्यटकको आगमन ह्वात्तै बढेकोले अहिले अलि फाईदा भएको छ ।

१०० जनालाई होटेलमा राख्न सकिन्छ

रारा आउने मानिसहरु र उनीहरुको स्थिति हेरेर होटेलमा राख्ने गरेको छु । बिद्यार्थीहरुलाई हलमा सुताएर दाल, भात, तरकारीमात्र खुवाएर पनि पठाउने गरेका छौं । कतिपयलाई निशुल्क सुताएर दाल, भात, तरकारीको मात्र पैसा लिएर पनि सेवा दिएका छौं । दाल, भात, तरकारीको प्रतिव्यक्ति १ सय रुपैयासम्म लिएर पठाउने गरेका छौं । होटलमा रु ५ सय देखि १५०० सम्मका याट्याच बाथरुम सहितका कोठाहरु पनि छन् । अहिले १३ कोठा छन् । करिब ४० जना कोठामै सुत्न सक्छन् । बढि मानिस आएमा हल पनि छ र टेन्टमा राखेर पनि मानिसलाई सुताउने काम हुन्छ । टेन्टमा सुत्न मन पराउने करिब ४० जनालाई त्यहाँ राख्न सक्छौं । यसरी करिब १ सय जना एकैपटक आउँदा पनि खुवाउन र सुताउन सक्छौं । टाढाबाट आउनुपर्ने भएकाले मेरो होटलको फोन नम्बर ०८४६९६९६२ मा सम्पर्क गरेर पनि आउन सक्नुहुन्छ ।

फेवाताल देखि रारासम्म ʽलेक टू लेकʼ कार्यक्रम आवश्यक

Rara Lake @ Arthatantra (24)

गाउँमा सामाजिक र गैरसरकारी क्षेत्रमा रहेर धेरै सामाजिक सेवा गरिएको छ । मलाई लाग्छ, पोखराको फेवातालदेखि मुगुको रारा ताल ʽलेक टू लेकʼ कार्यक्रम संचालन गर्नसके राम्रो हुन्थ्यो । यहाँसम्म आउनेलाई हवाई, मोटर लगायत सबै सुबिधा सरकारले व्यवस्था गर्नुपर्छ । पोखराको फेवाताल हेर्नेलाई रारा हेर्न लगाउनुपर्छ । सहजरुपमा आउने सुबिधा भएमा पर्यटकहरु निश्चितरुपमा रारा आउँछन् ।

खेल पर्यटनका दृष्टिले गल्फ र म्याराथुन दौड गर्न सकिन्छ

स्थानीयरुपमा रारा आउँदा गाउँका बस्तीहरुमा पर्यटकलाई राख्न सक्ने व्यवस्था गर्नुपर्नेछ । रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बढि सुबिधा दिन राष्ट्रिय निकुञ्ज, तालको सुन्दरता, जनावरको सुरक्षा, मध्यवर्ती क्षेत्रलाई पनि ख्याल गरेर फोहोर हुन नदिने हिसाबले, नयाँ होटेलहरुको विस्तार गर्नुपर्ने देखिन्छ । यहाँ गल्फ खेल्ने ठूला चौरहरु छन् । रारालेकमा म्याराथुन दौड गर्न सकिन्छ । प्याराग्लाइडिङ गर्न सक्ने अवस्था छ । नेपाल सरकार र पर्यटन क्षेत्रका सरोकारवालाले यसमा ध्यान दिनुपर्ने देखिन्छ । र अर्काेतिर अहिले मुगु जिल्लामा जेनतेन केहि व्यक्तिहरुले गेष्ट हाउस खोल्न लागिपरेका छन् । सरकारले नीजि क्षेत्रलाई लगानीमा उत्प्रेरित गर्नुपर्ने देखिन्छ । अरु पनि पर्यटन व्यवसायीहरु मुगुमा थपिउन् र पर्यटकलाई सेवा दिन सकुन् भन्न चाहन्छु । पर्यटन व्यवसायी बम नेकपा एमाले पर्यटन विभागका सदस्य पनि हुन् ।

(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँग रारातालको किनारामा गरिएको कुराकानीमा आधारित)
प्रकाशित मितिः २०७३ चैत १८

वि.सं.२०७३ चैत १८ शुक्रवार १३:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...