back
NMB ad

जलविद्युत आयोजनमा २७ करोडभन्दा बढी भ्रष्टाचार, ७ जना बिरुद्ध मुद्दा दायर

Kumari bank ad

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित छ जनाविरुद्ध २७ करोड २४ लाख ५४ हजार ३५१ भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटका क्रममा राज्यलाई नोक्सान पुयाउने गरी परामर्शदाता छनोट गरेको पाइएकाले मुद्दा दर्ता गरिएको सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

आयोजनाको परामर्शदाता छनोटका क्रममा स्मेक जेभीलाई दिनुपर्ने १.५६७ भन्दा घटी अङ्क प्रदान गरी सबैभन्दा घटी रकमको प्रस्ताव पेस गर्ने एएफसी जेभीको प्राविधिक र आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क ८२.८३३ प्रदान गरी जानीजानी कम अङ्क प्रदान गरेको देखिएको छ ।

कार्यक्षमताअन्तर्गत स्मेकको हकमा विस्तृत निर्माण नमुना आवश्यक पर्ने भनी सर्त राखिएको भए पनि त्यसैलाई आधार मानेर मूल्याङ्कन गर्ने, मूल्याङ्कनकर्ताले दिएको अङ्कलाई सम्झौताका क्रममा बढाएको तथा प्रस्तावसँग पेस भएको कतिपय अनुभवका विषयलाई एक पक्षको मात्रै फाइदा हेरी अर्को पक्षलाई प्रतिस्पर्धामा पछाडि पारेको अध्ययनका क्रममा फेला परेको छ ।

गैरकानुनी रुपमा नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिलाई हानीनोक्सानी पुयाउने बद्नियत राखी एएफसीजेभीले भन्दा रु २७ करोड २४ लाख ५४ हजार ३५१ बढी कबोल गर्ने स्मेकजेभीलाई मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क ८१।९९४ दिई मूल्याङ्कन गराई आयोजनालाई क्षति पु¥याएको देखिएको आयोगले जनाएको छ ।

आयोजनालाई क्षति पुयाउने उद्देश्यले भ्रष्टाचार कसुरको उद्योगमा आयोजनाका कार्यकारी निर्देशक कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत् विकास विभागका कानुन अधिकृत राजेशकुमार थापा र स्मेकका नेपाली प्रतिनिधि उदीपलाल श्रेष्ठको संलग्नता देखिएको आयोगको ठहर छ ।

आयोगले बिगो असुल गरी आरोपीमाथि एक वर्ष कैद र रु १३ करोड ६२ लाख २७ हजार १७५ सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

२१ चैत २०७३, रासस, ७।००

वि.सं.२०७३ चैत २१ सोमवार ०७:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...