back
NMB ad

अब विश्वका प्रमुख संचार माध्यमबाट नेपालको पर्यटकीय गन्तव्यको प्रचार प्रसार गरिने

Kumari bank ad
काठमाण्डौं । विश्वव्यापी रुपमा नेपाली पर्यटन क्षेत्रको प्रचार गर्न नेपाल पर्यटन बोर्डले विश्वका लोकप्रिय संचारमाध्यमसँग सम्झौता गरेको छ। बोर्डले संस्था बीबीसी, रोयटर्स र ट्राभल सम्वन्धी विश्वकै ठूलो कम्पनी ट्रीप एडभाइजरसँग सम्झौंता गरेको हो।
सहमतीपत्रमा नेपालका तर्फवाट पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले र बीबीसीकातर्फबाट दक्षिण एसिया निर्देशक विशाल भट्टनाकर, ट्रीप एडभाइजरका दक्षिण एसिया निर्देशक भरतनाथ पाल तथा रोयटर्सका दक्षिण एसिया निर्देशक एसएन बादरीले हस्ताक्षर गरे।
सहमतिपत्रमा बीबीसी र  ट्रीप एडभाइजरले नेपाल पर्यटन बोर्डले उत्पादन गरेका सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्नेछन् रोयटर्सले भने नेपालमा आफैं आएर नेपालको पर्यटन सम्वन्धी समाचार, अडियो, भिडियो प्रसारण गर्नेछ।बोर्डले नेपाली पर्यटनलार्इ विश्वव्यापी रुपमा प्रचार गर्न १४ करोड २५ लाख रुपैयाँ छुट्याएको थियो।

सहमतिपत्रका अनुसार बोर्डले बीबीसीलाई ६ महिना अवधिका लागि ६ लाख ५० हजार डलर , रोयटर्सलाई तीन महिनाका लागि ७५ हजार डलर र ट्रिप एडभाइजरलाई एक बर्षका लागि दुईलाख ५० हजार डलर दिनेछ।ट्रीप एडभाइजरमा मंगलवारदेखि प्रचार प्रसारका सामाग्री आउन थाल्नेछन् भने बीबीसीमा १४ दिनपछि र रोयटर्समा मे १ तारिखदेखि नेपालको पर्यटनसँग सम्वन्धित सामाग्रीहरु प्रकाशन तथा प्रशारण हुनेछन्।
विविसीले टेलिभिजन तथा अनलाईनमा नेपालसम्वन्धी सामाग्रीलाई प्रशारण गर्ने जनाएको छ। बीबीसीका भट्टनाकरका अनुसार कम्पनीले मुख्यगरी एसिया, युरोप तथा अमेरिका, अष्ट्रेलियालार्इ केन्द्रित गरेर प्रचारप्रसार गर्नेछ। ट्रीप एडभाइजरले उसको ट्राभल साइटमा तीनसय ९५ वटामात्र होटेल रहेको भन्दै अझ धेरै प्रवद्धन गर्ने जनाएको छ। नेपालको पर्यटन क्षेत्रको मार्केटिङ, कन्टेन्ट थप, पर्यटन शिक्षा तथा पर्यटन आगमन ट्रेण्डको एनालाइसिस गरेर समाचार सम्प्रेषित गर्नेछ।

रोयटर्सले नेपाली पर्यटनलाई विश्वव्यापीकरण गर्न नेपालका बारेमा फिचर स्टोरी तयार गर्ने र भर्जिन ठाउँहरुको एक्सप्लोर गर्नेछ।कार्यक्रममा बोर्डका सिइओ दिपकराज जोशीले पर्यटन प्रवद्धन गर्नका लागि नेपाली गन्तब्य प्रचार प्रसारका लागि कोशेढुंगा हुने बताए। उनले भूकम्पताका विश्वका मिडियाहरु नेपाल आएर सुरक्षित गन्तब्य नभएको सूचना सम्प्रेषित गरेको बताउँदै नकारात्मक सन्देश चिर्न सफल हुने दाबी गरे।पर्यटन सचिव शंकरप्रसाद अधिकारीले सन् २०११पछि विश्वव्यापी रुपमा नेपालको प्रचारप्रसार हुन लागेको बताए।

वि.सं.२०७३ चैत २२ मंगलवार ०७:०९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...