काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ गतेदेखि ६० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैँया अंकित मूल्यका दरले ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रद जारी गर्न लागेको हो । हकप्रद निष्काशन जेठ १० गते बन्द हुनेछ ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईभेष्ट रहेको छ । बैंक जनता बैंकमा विलय हुँदैछ । यो सम्झौता अघि अन्तिम पटक भएको कारोबारसम्ममा सेयर किनेका लगानीकर्ताले नक्साल स्थित नबिल ईन्भेष्ट तथा सिद्धार्थ डेभलपमेन्ट बैंकका सबै शाखाहरुबाट हकप्रद भर्न सक्नेछन् ।
२२ चैत २०७३, ७।००
वि.सं.२०७३ चैत २२ मंगलवार ०७:२९ मा प्रकाशित